कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले २२ कठ्ठा जमिनमा स्पोट्स सेन्टर निर्माण गर्दै

अत्तरिया- कैलालीको गोदावरी नगरपालीका वडा नम्बर २ मा रहेको सत्यवती एकेडेमीले २२ कठ्ठा जमिनमा स्पोट्स सेन्टर निर्माण थालेको छ । विद्यालय भवन संगै जोडीएको जमिन भाडामा लिएर सत्यवतीले स्पोट्स सेन्टर निर्माण सुरु गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

स्पोट्स सेन्टरमा पाँच ओटा पक्की र दुई ओटा कच्ची क्रिकेट प्राक्टीस स्थल, दुई ओटा ब्यामिन्टल कोर्ट, एउटा भलिबल कोर्ट, चार ओटा टेबल टेनिस बोर्ड, एउटा बास्केटबल कोर्ट र दुई ओटा फुटबल कोर्ट निर्माण गरीने जनाईएको छ । करिब २५ लाखको लगानीमा स्पोट्स सेन्टर बनाउन थालीएको सञ्चालक विर बहादुर कडायतले बताएका छन् ।

विद्यार्थीलाई खेलकुदमा सक्रिय गराउनका साथै बालबालीकाको स्वास्थ्यलाई ध्यानमा राख्दै महंगोमा जमिन भाडामा लिएर स्पोट्स सेन्टर निर्माण गर्न थालीएको उनले बताए । २०६९ सालमा स्थापना भएको उत्त विद्यालयमा अहिले १७ सय जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक तथा कर्मचारी गरी ९० जना कार्यरत छन् ।

Loading...