अछाममा हायस दुर्घटना हुँदा एक जना घाइते

Dadeldhura hospital

अछाम- अछाममा हायस दुर्घटना हुँदा चालक घाइते भएका छन् । अछामको सदरमुकाम मंगलसेन स्थित जिल्ला कारागार कार्यालय नजिकै हाइस दुर्घटना हुँदा चालक कमलबजार नगरपालिका ५ का अन्दाजी ३० वर्षीय श्याम खत्री गम्भीर घाइते भएका हुन् ।

Ganyapdhura gau

लु २ ख ६४८० नम्बरको हायस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । गाडीमा अन्य यात्रु नरहेको प्रहरीले जनाएको छ । घाइते खत्रीको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।

 

Couple
Loading...