अन्तर मावि भलिबल प्रतियोगिता सम्पन्न, उपाधी घण्टेश्वर माविले हात पार्‍यो

प्रकाशबहादुर बोहरा
अत्तरिया, १७ पुस- कैलालीको अत्तरियामा अन्तर मावि स्तरीय भलिबल प्रतियोगिता २०७९ आइतबार सम्पन्न भएको छ । उद्वार खबर राष्ट्रिय दैनिकले दोस्रो पटक आयोजनामा भएको भलिबल प्रतियोगिताको फाईनल खेल आइतबार सम्पन्न भएको हो ।

Navadurga sun

कैलालीको गोदावरी नगरपालीका वडा नं. २ उत्तरबनखेतमा रहेको सुदूरपश्चिम माध्यमिक विद्यालयको खेल मैदानमा अन्तर मावि स्तरिय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो ।

उक्त सम्पन्न भलिबल प्रतियोगिताको उपाधी घण्टेश्वर माविले जितेको छ । उपाधी संगै घण्टेश्वर माविले नगद १० हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता बनेको दुर्गालक्ष्मी नमुना मावीले नगद रु. ५ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै तेस्रो स्थान सुदूरपश्चिम मावि हुन सफल भए सँगै नगद रु. ३ हजारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै उद्वार खबर राष्ट्रिय दैनिकका प्रवन्ध निर्देशक तथा कार्यक्रम संयोजक नरेश नाथ योगीको सभापतित्व भएको सम्पन्न कार्यक्रमको प्रमुख अतिथी कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा रहनु भएको थियो भने बिशिष्ट अतिथी गोदावरी नगरपालिकाका नगर उपप्रमुख शारदा देवी रोकाया रहेका थिइन ।

त्यस्तै समापन सत्रमा प्रमुख अतिथी रहनु भएका ओझाले खेल महत्वपूर्ण कुरा हो । विद्यालय स्तरको खेल आफैमा रहरका दृष्टिकोणले मानिसिक विकास दृष्टिकोणले, शारिरीक दृष्टिकोणले अन्य सामाजिक दृष्टिकोणले महत्वपूर्ण रहेको बताए । उनले खेमा सहभागि भएका सम्पूणर्लाई धन्यवाद व्यक्त समेत गरेका थिए ।

त्यसैगरी सुदूरपश्चिम माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र नाथ योगी लगायतको सहभागिता रहेको थियो भने उक्त कार्यक्रमको संचालन गणेश नाथ योगीले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...