रेशम चौधरीको रिहाइ नभएसम्म नागरिक उन्मुक्ति सरकारमा नजाने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले वर्तमान सत्ता गठबन्धनलाई सरकारमा समर्थन गरेपनि सरकारमा नजाने भएको छ। पार्टीको सोमबार डिल्लीबजार कारागारमा बसेको बैठकले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको पार्टी प्रवक्ता दामोदर पण्डितले  जानकारी दिए।

Dadeldhura hospital

पण्डितले भने,’ हामीले सरकारलाई समर्थन गर्छौं । तर, पार्टीका संरक्षक चौधरीको रिहाइ नगरेसम्म सरकारमा हाम्रो पार्टीको सहभागीता नहुने निर्णय गरेका छौं । ’  नागरिक उन्मुक्तिमा ४ सांसद छन् ।

Navadurga sun
Godawari sandesh

नेकपा एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  प्रधानमन्त्री बनेका छन्। प्रधानमन्त्री प्रचण्डले आज बेलुका पद तथा गोपनीयताको शपथ लिदैछन्।

Loading...