डोटीमा चितुवाले आक्रमण गर्दा पाँच घाइते

काठमाडौं- डोटीमा चितुवाको आक्रमणमा परी पाँचजना घाइते भएका छन्। मंगलबार साँझ साढे ५ बजे पूर्वीचौकी गाउँपालिका ५ बटाला गाउँका पाँचजनालाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

स्थानीय शारदादेवी बटालाका छोरा ४ वर्षीय सिद्ध बटालालाई आँगनमा खेलिरहेका वेला चितुवाले आक्रमण गरेको थियो। बचाउन गएकी आमा शारदालाई पनि चितुवाले आक्रमण गरेर घाइते बनाएको प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जानकारी दिए।

Navadurga sun

त्यसपछि बाख्रा चराएर घर आउँदै गरेका सोही ठाउँका २२ वर्षीया पुष्पा बटाला, १५ वर्षीया लाली बटाला, १० वर्षीया हसिना गिरीलाई आक्रमण गरि घाइते बनाएको प्रहरी निरीक्षक जोशीले बताए। जिल्ला अस्पताल डोटीमा घाइतेहरूको उपचार भइरहेको छ। उनीहरु सबैको अवस्था सामान्य छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...