धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न ८४ लाख रकम संकलन (नामावली सहित)

धनगढी, ६ जेठ- धनगढीमा अक्सिजन प्लान्ट स्थापना गर्न ८४ लाख रकम संकलन भएको छ । धनगढी उपमहानगरपालिकाले स्थापना गरेको मेयर कल्याणकारी कोषमा बुधबार साँझसम्म झण्डै ८४ लाख रकम संकलन भएको मेयर नेृपवहादुर वडले जानकारी दिए ।

Ganyapdhura gau

नगढी उपमहानगरपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्नका लागि गत वैशाख ३० गते मेयर कल्याणकारी कोष स्थापनाको निणर्य गरेको थियो । सो निणर्य पश्चात बुधबार साँझसम्म ५८ वटा दाताले सहयोग गरेका छन् । धेरै व्यक्ती, संस्था र सामुहिक रुपमा सहयोग गरिएको छ । त्यसमा कतिपय व्यक्तीगत, कतिपय संस्थागत र कतिपय सामुहिक रुपमा संकलन गरिएको रकम सहयोग गरिएको छ । सबैजनाले गरेको सहयोग रकम ८३ लाख ८३ हजार एक सय १६ रुपैयाँ पुगेको मेयर वडले बताए ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभाबका कारण कोरोना संक्रमितको मुत्यु हुने क्रम बढ्दै गएपछि विभिन्न संघ संस्था तथा व्यक्तीगत रुपमा आर्थिक सहयोग उठ्ने क्रम जारी छ । धनगढी उपमहानगरपालिकाले राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरिएको छ ।

मेयर कल्याणकारी कोषमा जम्मा भएको रकम : 

Couple
Loading...