धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि ऐश्वर्यका पुर्व विद्यार्थीहरुद्वारा झण्डै २ लाख ९० हजार सहयोग

धनगढी, ६ जेठ- चौधरी फाउण्डेसन र धनगढी उपमहानगरपालिकाको साझेदारीमा स्थापना गरिएको अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा धनगढीको ऐश्वर्य विद्या निकेतनका पुर्व विद्यार्थीहरुले झण्डै २ लाख ९० हजार रकम सहयोग गरेका छन् ।

Dadeldhura hospital

ऐश्वर्यको २०५० सालका पुर्व विद्यार्थीहरुले दुई लाख ८९ हजार ९ सय ३९ रुपैयाँ सहयोग गरेका हुन् । पुर्व विद्यार्थीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै सुरेन्द्र शाही र पवन धनुसेले उक्त सहयोग रकम धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडलाई हस्तान्तरण गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभावका कारण कोरोना संक्रमितको मुत्यु हुने क्रम बढ्दै गएपछि विभिन्न संघ संस्था तथा व्यक्तीगत रुपमा आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ । धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड-१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरिएको थियो ।
नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।

Loading...