कृष्णपुरमा रोकिएको जग्गा नापजाँचको कार्य पुनः सुरु

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रोकिएको जग्गा नापजाँचको कार्य पुनः शुरु भएको छ । गत भाद्र २८ गतेदेखि कृष्णपुर नगरपालिका वडा न १,२ र ९ बाट सुरु गरिएको जग्गा नापजाँचको कार्य तीब्र गतिमा बढिरहेका बेला प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका कारण केहिदिन रोकिन गएको थियो ।

Navadurga sun
Godawari sandesh

उक्त जग्गा नापजाँचको कार्य कृष्णपुर नगरपालिका वडा नं २ प्रगति टोलबाट नगर प्रमुख हेमराज ओझाको उपस्थितिमा बुधबारबाट पुनः सुचारु गरिएको हो । रोकिएको नापजाँच कार्यको शुभारम्भ गर्नुहुँदै नगरप्रमुख ओझाले पवित्र मनले कृष्णपुर बासीलाई लालपुर्जा दिने उद्देश्यले नै सुरु गरिएको जग्गा नापजाँचको कार्यलाई केहीले चुनावी फण्डा भनेर अनर्गल प्रचार गरिएपनि हामी नगरबासीलाई लालपुर्जा हात हातमा नपुर्‍याउन्जेल निरन्तर लागिरहने बताएका छन् ।

Dadeldhura hospital

त्यसैले अनावश्यक भ्रमका पछाडि नलागी कृष्णपुर नगरपालिका वडा न १, २, ४ र ९ मा जहाँबाट जग्गा नापजाँचको कार्य रोकिएको थियो त्यहीँबाट शुभारम्भ भएको जनाइएको छ । साथै सबैलाई आफ्नो साध सिमाना देखाउन सकेसम्म स्वयं उपस्थित हुन सबैमा अनुरोध समेत गरिएको छ ।

कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझा बोल्नु हुँदै (साभार–कृष्णपुर नगरपालिका को सचिवालय):

 

Loading...