सुदूरपश्चिममा भारी वर्षा

काठमाण्डौ- आज सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् हिरा भट्टराईका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति भारी र धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

Dadeldhura hospital

भारतको उत्तर पूर्वी राजस्थानमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा अति ठूलो भारी वर्षाको सम्भावना छ ।

Navadurga sun
Godawari sandesh

यस्तै, सुदूरपश्चिम प्रदेशसँग जोडिएका कर्णाली प्रदेशका केही जिल्लामा पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले बताए । राति पनि सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । भारी वर्षाको सम्भावना रहेकाले सुदूरपश्चिममा बाढी पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Loading...