अध्यापन अनुमतिपत्र अनिवार्य

अछाम- यस जिल्लाको मेल्लेख गाउँपालिकाले अध्यापन अनुमतिपत्रको (लाइसेन्स) परीक्षामा उत्तीर्ण नभएका शिक्षकहरूको म्याद थप नगर्ने भएको छ।

Dadeldhura hospital

गाउँपालिकाको आर्थिक स्रोतबाट विभिन्न विद्यालयमा शिक्षक राखिएका छन्। अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई गाउँपालिकाले यसअघि नै हटाउने निर्णय गरिसकेको छ।

Navadurga sun
Godawari sandesh

सो गाउँपालिका शिक्षा शाखा प्रमुख वीरेन्द्र खड्काका अनुसार अनुमतिपत्र नभएर अध्यापन गराइरहेका १५ जना शिक्षक हट्न सक्नेछन्। यद्यपि विज्ञान विषयका शिक्षकहरूको हकमा यो निर्णय लागू नहुने बताइन्छ।

गाउँपालिकाको सो निर्णयअनुसार शिक्षक अनुमतिपत्र नभएका शिक्षकहरू स्वतः हटनेछन् । गाउँपालिकाको स्रोतबाट राखिएका शिक्षकहरूले आफूहरूलाई नहटाउन आग्रह गरेका छन् ।

Loading...