कृष्णपुर नगरपालिकाको आयोजना बृहत रक्तदान कार्यक्रम सम्पन्न

अत्तरिया- कृष्णपुर नगरपालिकाको आयोजना र नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार सेवा धनगढीको सहयोगमा संविधान दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । कृष्णपुर स्वास्थ्य चौकिको भवनमा नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यक्रममा बोल्नु हुँदै नगर प्रमुख ओझाले नगरबासीमा संविधान दिवसको शुभकामना दिनु हुँदै रक्तदान जस्तो पवित्र कार्यमा जोडिएका सम्पूणर्लाई धन्यवाद समेत व्यक्त गरेका थिए ।

कृष्णपुर वासीलाई निःशुल्क रगत उपलव्ध गराउन धनगढीको रक्तसंचार केन्द्रसँग सम्झौता गरेकाले आफुहरुले पनि नेपाल रेडक्रस प्रादेशिक रक्त सञ्चार सेवा धनगढीमा रगत जम्मा होस भनेर रक्तदान गरिएको बताए । उक्त कृष्णपुरमा गरिएको रक्तदान कार्यक्रममा ३७ पिन्ट रगत जम्मा भएको छ ।

Loading...