सुदूरपश्चिम सरकारमा दुई राज्यमन्त्री थपिए

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमा दुई जना राज्यमन्त्री थपिएका छन् । सत्ता साझेदार नेकपा ९एकीकृत समाजवादी०को आग्रहमा मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रवार प्रदेश सांसद बलबहादुर सोडारी र सुशीला बुढाथोकीलाई राज्यमन्त्रीमा नियुक्त गरे ।

प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक ममिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रबक्ता एवं आन्तरिम मामिला तथा कानूनमन्त्री डा.रणबहादुर रावलले जानकारी दिए । नवनियुक्त राज्यमन्त्री दुबै नेकपा (एकीकृत समाजवादीं)का तर्फबाट राज्यमन्त्री बनेका हुन् ।

Navadurga sun

यसअघि आर्थिक मामिला राज्यमन्त्री अम्मरवहादुर साउदलाई फिर्ता बोलाएर नेकपा (एकीकृत समाजवादी)ले उनको ठाउँमा सोडारीलाई पठाएको हो भने भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर तामाङ एमाले प्रवेश गरेपछि उनलाई पदमुक्त गरिएको थियो । नवनियुक्त दुबै जना राज्यमन्त्रीले शुक्रवार नै मन्त्रालय पुगेर कार्याभार सम्हालेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...