
काठमाडौँ- नेपाली बजारमा बिहीबार सुन र चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबारको तुलनामा प्रतितोला ८ सय रुपैयाँले बढेको छ।


यससँगै छापावाल सुनको भाउ ९३ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ३ सय रुपैयाँमा पुगेको छ। चाँदीको भाउ पनि बिहीबार प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११३५ रुपैयाँमा कारोबार भइरहेको छ।





