


काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका हुन् । आउँदो सङ्घीय निर्वाचनमा उपेन्द्र र राउतले सप्तरी क्षेत्र नं. २ बाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।


राउतको सचिवालयकाअनुसार जनमत पार्टीले रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीसहित अन्य दलहरूसँग पनि सहकार्यका लागि संवाद जारी राखेको छ । गएको स्थानीय निर्वाचनमा एक्लै लडेको जनमत पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेपछि प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा सहकार्य गर्ने तयारी गरेको छ ।उनका अनुसार यसपटकको निर्वाचनमा मधेशमा मधेशकेन्द्रित दलहरूबीच सहकार्यको कसरत भइरहेको छ ।



