भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं- भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)बाट सोमबार प्राप्त मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको हो।

Ganyapdhura gau
Dadeldhura hospital

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै भारतमा पनि पेट्रोलियम पदार्थ सस्तिएको हो। भारतबाट दोस्रो पटक नेपाल आयल निगमलाई इन्धनको भाउ घटेर आएको छ। हाल अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १०३ डलर हाराहारीमा छ। मूल्य अझै घट्ने अनुमान छ।

Navadurga sun
Godawari sandesh

अघिल्लो पटक पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो। तर, नेपाल आयल निगमले भने यहाँ मूल्य घटाएको थिएन। मूल्य घटेर आएपछि अब समग्रमा निगमको पाक्षिक नोक्सानी करिब ७५ करोडमा झर्ने भएको छ।

 

Couple
Loading...