खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प

Dadeldhura hospital

काठमाडौं- खोटाङ केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका बरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिम विर्ता केन्द्रविन्दु भएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । खोटाङ लगायत देशभर भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको छ ।

Navadurga sun
Godawari sandesh
Loading...