मलाई राजनीति गर्न आउँदैन, तर सर्वसाधरणको जीवन बदल्न आउँछ : रवि लामिछाने

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राजनीति गर्न नआउने बताएका छन् । कास्कीको पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले आफूलाई राजनीति गर्न नआउने तरर बेथितिविरुद्धको आन्दोलन गर्न आउने बताए ।

Dadeldhura hospital

‘मानिस मलाई राजनीति आउँदैन भन्दैछन् । हो, मलाई राजनीति आउँदैन र राजनीति गर्नु पनि छैन’, उनले भने, ‘मलाई विदेशमा बेचिएको चेलीलाई नेपाल ल्याउन आउँछ राजनीति आउँदैन, मलाई यहाँ ठगिएको मान्छेलाई जेलभित्र कोच्ने नीति बनाउन आउँछ राजनीति आउँदैन ।’

godawari10 Mahila hinsa
Navadurga sun

उनले आफू कुनै लोभ, डर नराखी आम सर्वसाधारणको जीवन बदल्न सकिन्छ भनेर राजनीतिमा आएको बताएका छन् । उनले थपे, ‘सिद्धान्तका मोटा किताब लेख्न मसी सकिएको होइन, हामी त्यस्ता मसीमा विश्वास गर्दैनौं ।’

 

Loading...