पत्रकार निष्पक्ष पत्रकारितामा अडिग रहनुपर्छ: प्रधानमन्त्री देउवा

हेटौंडा– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरु निष्पक्ष पत्रकारितामा अडिग रहनुपर्नेमा जोड दिएका छन्। हेटौंडामा आयोजित कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पछिल्ला केहि घटनाक्रममा झुठा आरोप लगाउने किसिमका समाचार लेखन बढ्दो रहेकाले निष्पक्ष पत्रकारितामा अडिग रहनुपर्नेमा जोड दिएका हुन्।

Dadeldhura hospital

‘पछिल्लो समय नियोजित रुपमै झुठा समाचार लेख्ने र विभिन्न लान्छना लगाउने प्रवृति बढेको पाइएको छ,’ उनले भने, ‘त्यसलाई कमजोर बनाउने निष्पक्ष पत्रकारिता अति नै आवश्यक छ।’ उनले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनका लागि भएको विभिन्न चरणको संर्घषमा प्रेसको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै राजनीतिक स्थायित्वको विषयमा पत्रकारले सदैव कलम चलाउनुपर्ने बताए।

godawari10 Mahila hinsa
Navadurga sun

कोरोनाकालमा समते सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै उनले भने ‘सत्यतथ्य सूचनाले मात्रै मुलुकको विकास हुन्छ। लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ पत्रकारिता गर्न जरुरी छ।’ फरक प्रसंगमा देउवाले केहि समयभित्रै आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा हुने बताए। सरकार आम निर्वाचनको तयारीमा रहेकाले निर्वाचनलाई स्वच्छ, भयरहित र मर्यादित बनाउने गरी कलम चलाउन पनि उनले पत्रकारहरुसँग आग्रह गरे।

Loading...