बढ्यो सुन र चाँदीको भाउ

Dadeldhura hospital

काठमाडौँ– नेपाली बजारमा बुधबार सुन र चाँदीको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार पुगेको छ भने तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।बुधबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ११६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Navadurga sun
Godawari sandesh
Loading...