उपसभामुख भुसालले गरिन् शपथ ग्रहण

काठमाडौँ– नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले शपथ ग्रहण गरेकी छन् । उनले आइतबार अपराह्न राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रमबीच शपथ ग्रहण गरेकी हुन् ।

Dadeldhura hospital

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको उपस्थितिमा सभामुख अग्निप्रसाद सापकोटाले शपथ ग्रहण गराएका हुन् ।

Navadurga sun
Godawari sandesh

भुसाल ३१ गते उपसभामुखमा निर्वाचित बनेकी हुन् । झन्डै ३ वर्षयता रिक्त उपसभामुख पदमा भुसाल एमालेकी विद्या भट्टराईलाई ५५ मतले पराजित गर्दै निर्वाचित बनेकी हुन् ।

Loading...