नयाँ पार्टी गठनको तयारीमा बाबुराम भट्टराई

 

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष उपेन्द्र यादवले आफूसहित ९ जना नेतालाई गरेको कारबाहीको भत्र्सना गर्दै पार्टी पुनर्गठनका लागि आह्वान गरेका छन्।

शुक्रबार राति विज्ञप्ति जारी गरी अध्यक्ष यादवले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूसहित ९ जनालाई पदबाट हटाएको आरोप लगाएका हुन्।

आन्तरिक विवाद केन्द्रीय समितिका बैठक नै अलग अलग बस्ने अवस्थामा पुगेकाले अब पार्टी पुनर्गठनको विकल्प नरहेको उनले उल्लेख गरेका छन्। त्यसका लागि तयार रहन उनले पार्टीका नेता–कार्यकर्तालाई अपिल गरेका छन्।

‘अब हाम्रोसामु पार्टी पुनर्गठनको विकल्प रहेन’, भट्टराईले भनेका छन्, ‘पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनुभएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेता कार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौं।’

हेर्नुहोस् विज्ञप्ति–

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...