बाजुराको बुढीगंगा नगरपालिका : मेयर-उपमेयर दुवैमा एमाले विजयी

बाजुरा– बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ। त्यहाँ नेकपा एमालेका रणबहादुर बानियाँ ४७ सय ७७ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खाती ३७ सय ७४ मतसहित पराजित भएका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

नेकपा एमालेका बानियाँले कांग्रेसका खातीलाई १००३ मतको फराकिलो अन्तरले हराउन सफल भएका हुन्। त्यसैगरी बुढीगंगाको उपमेयरमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का (कुँवर) ४७ सय २७ मतसहित विजयी भएकी छन्।

Navadurga sun
Godawari sandesh

उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीताकुमारी शाहीले ३७ सय ५५ मत ल्याइन्। एमालेबाट उपमेयरकी उम्मेदवार मायाकुमारीले ९ स ७२ मतको जित दर्ता गराउन सफल भएकी छन्।

१० वटा वडा रहेको बुढीगंगामा एमालेले सातवटा वडामा प्यानलसहित जित दर्ता गराउँदा कांग्रेसले तीनवटा वडामा जित निकालेको छ। गत वैशाख ३० गते भएको निर्वाचनका क्रममा यहाँ एमालेमाथि धाँधली आरोप लागेको थियो। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन गरेर पुनस्निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

Loading...