प्रचण्डले भनेः वाम-लोकतान्त्रिक शक्तिहरू एकीकृत हुन जरुरी

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्तिहरू एकीकृत हुन जरुरी रहेको बताएका छन्। मुस्लिम समुदायको पर्व बकर इद (इद अल अधा) को अवसरमा प्रचण्डले शुभकामना दिँदै प्राप्त उपलब्धीको रक्षाका लागि परिवर्तनकारी वाम-लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका हुन्।

Dadeldhura hospital

शुभकामना मन्तव्यमा भनिएको छ, ‘मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरुको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउन परिवर्तनकारी वामलोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरुरी छ। यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समून्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछ।’

godawari10 Mahila hinsa
Navadurga sun

भाइचारा र पारिवारिक मिलनको रूपमा मनाइने इस्लाम धर्मावलम्बीहरूको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास लिएको बताए।

Loading...