अछाममा सर्पले टोक्दा गर्भवती महिलाको मृत्यु





अछाम, ३१ जेठ– अछाममा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति मृत्यु भएको हो ।


सुतेको अवस्थामा उनलाई सर्पले टोकेको मृतका जेठाजू लालबहादुर शाहीले जानकारी दिए । सर्पले टोकेपछि उनको गाउँमै झारफुक गराएको र बिहान अस्पताल लग्ने तयारी गरिरहेकै अवस्थामा रामपुराको मृत्यु भएको उनले बताए ।

