गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अत्याधिक बहुमतले विजयी

डडेल्धुरा, ३१ बैशाख । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। गन्यापधुरामा कांग्रेसका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष पदमा अत्याधिक बहुमतले विजयी भएका छन्।

अध्यक्षमा इन्द्रबहादुर कार्की दोब्बर मतान्तरसहित निर्वाचित भएका छन्। कार्कीले ३ हजार ३८४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस बीपीका सुरेन्द्र मालीले एक हजार ६०४ मत पाएका छन्।

godawari10 Mahila hinsa
Navadurga sun

त्यस्तै, उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानु सेटी विजयी भइन्। उनले ३ हजार १३ मत पाइन्। उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत पाए। गन्यापधुरामा नेकपा एमाले र बीपी कांग्रेसले गठबन्धन गरी चुनाव लडेका थिए।

Dadeldhura hospital

गन्यापधुरा गाउँपालिका– २ गाउँपालिका मुकाम बडालमा कांग्रेसका मनोज देउवाले ५ सय १८ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेस बिपीका उम्मेदवार रमेशबहादुर मालीले ४ सय ७४ मत पाए। गन्यापधुरा– ३ मा कांग्रेसकै उम्मेदवार चक्र देउवा विजयी भएका छन्। उनले ६ सय २८ प्राप्त गरे। उनका प्रतिद्वन्द्वी माओवादी र समाजवादीका सयुक्त उम्मेदवार गणेशबहादुर सार्कीले २ सय ५६ मत मात्रै प्राप्त गरे।

गन्यापधुरा–४ मा नेपाली कांग्रेसकै वडाध्यक्षका उम्मेदवार नरेन्द्र भट्ट निर्वाचित भएका छन्। उनी ६ सय १४ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार अहिल्या कुवँर प्रधानसँग दुई सय ५० मत अन्तरले भट्ट विजयी भए।

त्यस्तै गाउँपालिका– ५ मा पनि कांग्रेस नै विजयी भएको छ। कांग्रेसका सीपी रोस्यारा ४ सय ९८ मत ल्याएर निर्वाचित भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्णादेवी पनेरुले २०९ मत ल्याइन्। तर, गन्यापधुरा गाउँपालिका–१ मा भने कांग्रेसलाई धक्का लागेको छ। यो प्रधानमन्त्री देउवाको गृह वडा हो। यहाँ कांग्रेस पराजित भएको छ। गन्यापधुरा गाउँपालिका–१ को वडाध्यक्षमा विपी कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई हराउँदै विपी कांग्रेसका नरेश भण्डारी विजयी भएका हुन्। भण्डारीले ६ सय ७३ मत ल्याउँदा देउवाले ५ सय ४४ मत पाए।

पराजित भएका देउवा शिक्षकबाट राजीनामा दिँदै वडाध्यक्षमा लडेका थिए। प्रधानमन्त्री देउवाले वडा नं. १ को रुवाखोलाबाट मतदान गरेका थिए। यस वडामा कांग्रेस बीपीको प्यानल नै विजयी भएको हो। कांग्रेसबाट निष्कासित निवर्तमान पार्टी कर्णबहादुर मल्ल समूहले बीपी कांग्रेसको करुवा चुनाव चिह्न लिएर जिल्लामा कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। उसले यहाँ एमालेसँग तालमेल गरेको छ। गन्यापधुरामा कूल ६ हजार ६३४ मत खसेको थियो।

Loading...