सुदूरपश्चिम : रावल पन्छाएर लेखराजमार्फत अघि बढे ओली, देउवाले मैदानमा उतारे आरजु

स्थानीय तहको निर्वाचन आउन केही दिनमात्र बाँकी छँदा चुनावी सभालाई सम्बोधन गर्न प्रमुख दलका शीर्ष नेताहरुको दौडधुप बढ्न थालेको छ।

Ganyapdhura gau

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले यही वैशाख २६ गते धनगढीमा र वैशाख २७ गते गृह जिल्ला डडेल्धुरामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ।

Navadurga sun

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार कैलाली र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेता एवं प्रतिनिधि सभाका सदस्य नारदमुनी रानाले जानकारी दिए। कैलालीको धनगढी, बर्दगोरिया र कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा एमालेद्वारा आयोजना गरिने चुनावी सभालाई ओलीसँगै लेखराज भट्टले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

Dadhaldhura pur

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवा कैलालीको लम्कीचुहा, टीकापुर र गोदावरी नगरपालिकालगायतका क्षेत्रमा सत्ता साझेदार दलद्वारा आयोजित छुट्टाछुट्टै चुनावी सभामा सहभागी भई बुधबार डडेल्धुरा पुगेकी छन्। कैलालीका १३ पालिका प्रमुख उपप्रमुखमा सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले चुनावी तालमेल गरेका छन्।

वडा तहका प्रत्यासीको हकमा भने यी दलबीच तालमेल हुन सकेको छैन। नेकपा एमालेलगायतका दलले भने एकलरुपमा उम्मेदवारी दिएका छन्। पालिका तहको प्रमुख उपप्रमुखमा गरिएको तालमेल प्रति असहमति राख्दै कतिपय तहमा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सुदूरपश्चिममा एमाले अध्यक्ष ओलीले भीम रावललाई पन्छाएर लेखराज भट्टलाई अघि सारेका छन्। पूर्वमाओवादी नेता भट्टलाई पार्टीको केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज बनाएर ओलीले चुनावी मैदानमा खटाएका छन्।

त्यसैगरी प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले भने आफ्नी पत्नी आरजुलाई चुनावी अभियानमा खटाएका छन्। आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको कैलालीसहित डडेल्धुरामा आरजु खटिएकी हुन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...