बढ्यो सुन र चाँदीको भाउ
बिहीबार नेपाली बजारमा सुन र चाँदीको भाउमा वृद्धि देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला १४ सय रुपैयाँले बढेको हो।




यससँगै छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ पनि ९८ हजार १ सय रुपैयाँमा पुगेको छ।


बिहीबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १३०५ रुपैयाँमा कारोबार भइरहेको छ।




