काँग्रेसका प्रदेश महामन्त्रीको आग्रहः ‘गठबन्धनलाई अत्याधिक बहुमतले जिताऔं’

नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्य समितिका महामन्त्री नरनारायण शाह ‘मनु‵ ले गठबन्धनका उम्मेदवारलाई अत्याधिक वहुमतले जिताउन आग्रह गरेका छन् । स्वास्थ्यमा अचानक देखिएको समस्याका कारणले भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा उपचाररत शाहले आज एक विज्ञप्ती जारी गर्दै गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरेका हुन् । उनले उपचार प्रक्रियालाई छोट्याएर छिट्टै घर फर्किएर जिल्लाका सबै पालिकामा गठबन्धनका साझा उम्मेदवार तथा वडा तहका काँग्रेसका समस्त प्रत्याशीहरुलाई विजयी गराउन आफ्नो सम्पूर्ण क्षमताका साथ होमिने प्रतिवद्धता दोहोराएका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

धनगढी उपमहानगरपालिकामा नगर प्रमुखमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृप बहादुर वड र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका नेतृ शान्ति अधिकारीलाई गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रस्तुत गर्दै, वडास्तरमा दुबै पार्टीका बिच मित्रवतताका साथ प्रतिस्पर्धा गरिरहेको अवस्थामा आम काँग्रेसजन, नेता तथा कार्यकर्ताहरु एकजुट भएर आफ्ना उम्मेदवारहरुलाई अत्यधिक बहुमतका साथ विजयी गराउन अहोरात्र खटिएको र साझा उम्मेदवारहरुलाई जिताउन अपिल गरेका छन् ।

Navadurga sun

उनले चुनावमा आफुहरु विरुद्ध अनर्गल प्रचारप्रसार गर्ने र भ्रामक तथा कपोकल्पित समाचार प्रकाशन, प्रसारण गरेर आम मतदातालाई दिग्भ्रमित पार्ने कुनै पनि कुटिल खेलमा विश्वास नगर्न पनि आग्रह गरेका छन् । ‘सम्पूर्ण मतदाताहरुमा मतदानमा सहभागी भएर गठबन्धनका साझा उम्मेदवार एवं पार्टीका तर्फबाट पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्य पदमा उम्मेदवार भएकाहरुलाई विजयी गराउन हुन सादर आग्रह गर्दछु ।’ विज्ञप्तीमा भनिएको छ ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...