कञ्चनपुरमा एमाले र माओवादी-समाजवादीका कार्यकर्ताबीच झडप

कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा नेकपा (एमाले) का कार्यकर्ता र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। चुनाव प्रचारप्रसारमा हिँडेका आफ्ना कार्यकर्तालाई माओवादी–समाजवादीका कार्यकर्ताले कुटपिट गरेको एमालेले आरोप लगाएको छ।

Ganyapdhura gau

आसन्न स्थानीय तह चुनावको प्रचार प्रसारका क्रममा गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग भएको जम्काभेट तनावमा परिणत भएको थियो ।

Navadurga sun
Dadhaldhura pur

‘हाम्रो टीम अटोमा माइकिङ गर्दै जाँदै थियो, त्यसै क्रममा उनीहरु ९माओवादी–समाजवादी० को र्७शधवसयालीसँग भेटियो,’ एमालेका नेता हिमाल चन्दले भने, ‘एक्कासी उनीहरुले माइक बन्द गर भन्दै कुटपिट गर्न थाले।’

कुटपिटबाट प्रचारप्रसारमा खटिएका एमालेका अञ्जु कार्की र राजेन्द्र अवस्थी घाइते भएका छन्। उनीहरुको टाउको र छातीमा चोट लागेको छ।

‘माइक तोडफोड गरिएको छ,’ चन्दले भने, ‘अहिले घाइतेहरुलाई धनगढी लैजादै छौँ।’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले सामान्य हातपाइ भएको बताए।

‘प्रचारप्रसारका क्रममा सामान्य हातपाइ भएको खबर आएको छ,’ उनले भने।

ADD Khali jpg
ADD Khali jpg
Loading...