आउँदो २५ गतेदेखि जेठ सात गतेसम्म जाँडरक्सी बिक्री वितरण तथा प्रयोगमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले चुनावको बेला शान्तिसुरक्षा कायम गर्न भन्दै जाँड रक्सीको बिक्री वितरण तथा प्रयोगमा रोक लगाएको हो ।


यस्तै वैशाख २५ गतेदेखि जेठ सात गतेसम्म जिल्लाभरका होटल, रेष्टुरेन्ट लगायत अरु पेसा व्यवसाय बिहान ७ बजेदेखि बेलुकी साढे नौ बजेसम्म मात्र सञ्चालन गर्न पाउने बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिएका छन् ।

बैठकमा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, दलहरुबीच प्रचारप्रसारका कार्यक्रम गर्दा सामाजिक सद्भाव कायम राख्ने गरी सञ्चालन गर्ने र निर्वाचन अवधिभरसम्म आवश्यक पर्ने अत्यावश्यक वस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बरअर्फ कमर्सलगायत सङ्घसंस्थाले आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।
