यस्ता रहेका छन् धनगढीका स्वतन्त्र मेयरका उम्मेदवार हमालका मुख्य एजेण्डाहरु

धनगढी, ९ बैशाख- धनगढी उपमहानगरपालिको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका गोपाल हमाले आगामी पाँच वर्षका लागि गरिने मुख्य योजनाहरू सार्वजनिक गरेका छन्।

शुक्रवार पत्रकार सम्मेलन गर्दै आफूलाई स्थानीय तहको निर्वाचनमा निर्वाचन गरी उपमहानगरपालिकालाई भ्रष्टाचार,लोककल्याणकारी,स्वच्छ,सुन्दर र समृद्धि नमुना शहर बनाउनमा योगदान दिनमा समेत सबैमा आग्रह गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun

उनले धनगढीलाई आगामी पाँच वर्षमा मुलुककै सुन्दर,समुन्नत र नमुना शहर बनाउने मुख्य एजेण्डामा राखेका छन् । उनले धनगढी उपमहानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त, बनाइनेदेखि लिएर धनगढी नगरभित्रमा टेलिफोन सुविधा नपुगेका स्थानहरूमा टेलिफोन सेवा पु¥याउने लगायतका एजेण्डाहरु सार्वजनिक गरेका हुन् ।

आफू मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता,गाडी,इन्धन, यातायात,होटलबास लगायतका कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका हुन् ।

यस्ता छन् आगामी पाँच वर्षका लागि गरिने मुख्य योजनाहरू :-

आदरणीय धनगढी उप–महानगरपालिकाका मतदाता आमा बुबा, दाजु भाइ तथा दिदी बहिनीहरू ।

Dadeldhura hospital

हाम्रो धनगढी, हामी बनाउ“छौ“ भन्ने मूलमन्त्रका साथ आगामी पाँच वर्षका लागि गरिने मु्ख्यमुख्य काम तथा योजनाहरू सहित यो प्रतिबद्धतापत्र सार्वजनिक गर्दछु ।
धनगढीलाई मुलुककै विकसित, सुन्दर र नमुना शहर बनाउन धनगढीबासीका सामुन्ने स्वर्णिम अवसर आएको छ । स्थानीय तहको निर्वाचनमा मलाई निर्वाचित गरी धनगढीबासीले आफ्नो उप–महानगरलाई भ्रष्टाचारमूक्त, लोककल्याणकारी, स्वच्छ, सुन्दर र समृद्ध नमूना शहर बनाउन योगदान दिनु हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ । धनगढीलाई आगामी ५ वर्षमा मुलुककै सुन्दर, समुन्नत र नमुना शहर बनाउन मेरा केही एजेण्डा यसप्रकार छन् ।
भ्रष्टाचार नियन्त्रण सुशासन र पारदर्शी सेवा प्रवाह :-
१. धनगढी उप–महानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त बनाइनेछ ।
२. उप–महानगरपालिकामा रहेका हालसम्मका पेश्की तथा बेरुजु रकमहरू असुल उपर गरी बेरुजुलाई शून्यमा झारिनेछ ।
३. विकास निर्माणका कार्यहरू संचालन गर्दा उपभोक्ता समितिहरू गठनमा वास्तविक उपभोक्ताहरूलाई प्रोत्साहित र सहभागी गराइनेछ ।
४. विकास बजेट खर्च हुन नसक्ने परिपाटीको अन्त्य गरी हरेक आर्थिक वर्षमा विकास बजेट पूर्णरुपले खर्च हुने व्यवस्था गरिने छ ।
५. कार्यालय प्रशासन सुधार गरी जनतालाई चुस्तदुरूस्त सेवा सुविधा प्रदान गर्न कर्मचारीहरूलाई तालिम, दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ ।
६. तालिम, सेमिनार आदिका नाममा भइरहेका उपलब्धीविहीन खर्चहरूलाई व्यवस्थित गरी प्रत्यक्ष रूपमा उपयोगी र उत्पादनशील हुने गरी व्यवस्थापन गरिनेछ ।
७. उप–महानगरपालिका तथा वडाहरूबाट प्रदान गरिने सेवाहरूलाई डिजिटलाइजेसन गरिने छ ।
८. अव्यवस्थित बसोबास तथा ऐलानी जग्गाहरूको तथ्यांकलाई डिजिटलाइजेसन गरी छिटोभन्दा छिटो लालपुर्जा वितरण गर्न विशेष महत्वका साथ समन्वय गरिने छ ।
शिक्षा :-
१. कैलाली बहुमुखी क्याम्पस, फुलबारी बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस लगायत सम्पूर्ण सामुदायिक क्याम्पसहरूको पूर्वाधार विकासलगायत शैक्षिक विकासका लागि विशेष महत्वका साथ कार्यक्रम सञ्चालन गरिनेछ ।
२. उप–महानगरपालिकाको बजेटमा शिक्षालाई उच्च प्राथमिकता दिई सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार स्तरोन्नति गरिने छ ।
३ सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई कार्यदक्षता र कार्यसम्पादनका आधारमा पुरस्कृत हुने गरी शिक्षा सुधारका लागि उत्प्रेरित गरिनेछ ।
४. विद्यालयहरूमा प्राविधिक शिक्षालाई प्राथमिकता दिइनेछ र नयाँ प्राविधिक विषयहरू थप गरिनेछ ।
५. सामुदायिक विद्यालयहरूमा बालमैत्री मन्टेसरी विधिबाट अध्यापन गराउने व्यवस्था मिलाइनेछ ।
६. सामुदायिक विद्यालयहरूमा नैतिक शिक्षा, खेलकुद, योग, गीत–संगीत, चित्रकला आदिमा विशेष जोड दिइनेछ ।
७. रोजगारमूलक तथा उद्यमशील बन्ने गरी शिक्षालाई व्यावहारिक, रोजगारीमूलक बनाउन प्रयत्न गरिनेछ ।
८. समाजमा विकृतिका रूपमा रहेको लागुपदार्थ तथा दुव्र्यसनीको समस्या न्यूनीकरणमा नगरमा रहेका विभिन्न युवा क्लबहरूसँग समन्वय गरी विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरू संचालनमा ल्याइनेछ ।

९. धनगढी उप–महानगरमा खेलकुद विकास गरी खेल शहरको रूपमा चिनाउने ।

स्वास्थ्य :-
१. दीर्घरोगी जस्तैः क्यान्सर, किड्नी, कलेजो, मुटु रोगी, जस्ता जटिल बिरामीको उपचारमा उप–महानगरपालिकाबाट विशेष सहयोग गर्ने व्यवस्था गरिने छ ।
२. उप–महानगरपालिकाका सबै वडामा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ ।
३. स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रयास गरिने छ ।
४. ज्येष्ठ नागरिक तथा मातृशिशुको स्वास्थ्यलाई महत्वका साथ प्रत्येक वडाहरूमा घुम्ती विशेषज्ञ सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।
५. उप–महानगरका सबै वडाहरूमा शुद्ध, सफा र स्वच्छ खानेपानीको व्यवस्थाका लागि पहल गरिनेछ ।
६. उप–महानगरमा रहेका स्वास्थ्य चौकी तथा अस्पतालहरूको स्तरवृद्धि गरेर सेवालाई चुस्त दुरूस्त र प्रभावकारी बनाइनेछ ।

सामाजिक सुरक्षा कार्यक्रम :-
१. सामाजिक सुरक्षा अन्तर्गत वृद्धभत्ता सेवाग्राहीको खातामा जम्मा हुने अथवा घरमै पु¥याउने व्यवस्था गरी बैंकमा लाइन लाग्नुपर्ने झन्झटिलो व्यवस्थाको अन्त्य गरिनेछ ।
२. एयरपोर्ट तथा अन्य विकास निर्माणका कार्यहरू गर्दा सरकारबाट अधिग्रहण गरिने जग्गाको मुल्यांकन गर्दा बजार मूल्यभन्दा कम नहुने गरी गर्ने व्यवस्थाका लागि प्रयास गरिनेछ ।
३. उप–महानगरपालिकामा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी जस्ता क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरूलाई ‘धनगढी तारा’ पदकद्वारा सम्मान गरिने व्यवस्था लागू गरिनेछ ।
४.अनाथ, असहाय, बालबालिका तथा असक्त जेष्ठ नागरिकहरूको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी उप–महानगरपालिकाले लिने व्यवस्था मिलाइनेछ ।
५. राना तथा चौधरी समुदायका भलमन्सा प्रथालाई कानुनी वैधता प्रदान गरिने छ र विकास निर्माणका कार्यहरूमा भलमन्साहरूलाई सहभागी गराउने व्यवस्था गरिनेछ ।
६. महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरी सामुहिकरूपमा महिलाहरूलाई उद्यमशील कार्यमा संलग्न गराउने कार्यक्रम तत्काल लागू गरिनेछ ।
७. अपाङ्गता, दलित, अल्पसङ्ख्यक, जनजाति, विपन्न वर्ग उत्थानका लागि सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने गरी योजनाहरू कार्यान्वयन गरिनेछ ।
८. प्रत्येक वडामा १÷१ वटा सामुदायिक भवन निर्माण गरिनेछ ।
९. थारू तथा राना समुदायका संस्कृति एवं देउथानहरूको संरक्षण तथा संवद्र्धन गरिनेछ ।
१०. उप–महानगरपालिकामा चौधरी र राना समुदायहरूबाट १÷१ जना ‘‘सम्पर्क अधिकारी’’ राखिनेछ ।

कृषि पर्यटन व्यापार व्यवसाय रोजगारी प्रवद्र्धन :-
१. उप–महानगरमा एक वडा एक उत्पादन कार्यक्रमलाई लागू गरेर कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण गरिनेछ ।
२. समयमै मल, बीउ आपूर्ति सुनिश्चिता गर्ने प्रयास गरिनेछ ।
३. वार्षिक तीन बाली उत्पादन कार्यक्रम लागु गरी गहुँ पछि मुँग खेती लगाउने व्यवस्था मिलाई किसानहरूको आम्दानी वृद्धि गर्ने कार्यक्रम लागू गरिनेछ ।
४.कृषि उपजको विक्री वितरण व्यवस्थित गर्नका साथै थोक तथा खुद्रा कृषि हाट बजारको व्यवस्था गरिनेछ ।
५. शीतगृह निर्माणका लागि पहल गरिनेछ ।
६. कृषिमा सिँचाईको महत्वलाई मुख्य प्राथमिकता दिई किसानहरूको आय आर्जन बढाउन भूमिगत सिँचाई, ग्रामिण विद्युतीकरण अन्तर्गत सिँचाइको सुविधा प¥याइनेछ ।
७. माछा, मासु उत्पादन गर्ने कृषकहरूको आयवृद्धिका लागि पशुपन्छी व्यवसायीसँग पीपीपी मोडेलमा माछा मासु फ्रोजन उद्योग तथा आधुनिक वधशाला निर्माण गरिनेछ ।
८. छाडा गाई वस्तुहरूलाई व्यावसायिक रूपमा व्यवस्थापन गर्ने कार्यलाई उच्च महत्व दिइनेछ ।
९. नगरमा उद्योग सञ्चालन गर्न विशेष सहुलियत प्रदान गरिनेछ ।
१०. प्रत्येक वडामा कृषि प्राविधिक सेवा पु¥याउने व्यवस्था गरिनेछ ।
११. कृषि एप निर्माण गरी कृषकका उत्पादनहरूको बजार पहुँच सुनिश्चितता गरिनेछ ।
१२. एग्रो फरेष्ट्रीको अवधारणा लागू गरेर किसानको आयआर्जन वृद्धि गरिनेछ ।
१३. खुद्रा तथा फुटपाथ व्यवसायीहरूका लागि मुख्य बजारनजिकै ठाउँ उपलब्ध गराएर उचित व्यवस्थापन गरिनेछ ।

पर्यावरण तथा स्वच्छ, सफा धनगढी :-
१. शहरको फोहरमैला व्यवस्थापनका लागि वैज्ञानिक विधि अपनाइनेछ ।
२. वृक्षरोपणलाई विशेष महत्व दिई धनगढी उप–महानगरलाई हराभरा, सुन्दर बनाइनेछ ।
३. निजी र सरकारी पहलमा शौचालय तथा रेष्टुरेन्ट सहितको पार्किङ सुविधाको व्यवस्था गरिनेछ ।
४.सार्वजनिक जग्गाको पहिचान गरी तिनमा बाल उद्यान, ज्येष्ठ नागरिक आनन्दालय, खेलमैदान बनाइनेछ ।
५. खोलानालाको अतिक्रमण हटाएर ग्रिन बेल्ट जगिङ साइट तथा साइकल लेन बनाइने छ ।
६. पर्यावरणीय सुधारका लागि उप–महानगरमा प्लाष्टिक प्रयोगलाई न्यूनीकरण गरिनेछ ।
७. वर्षांैदेखि बसोबास गर्दै आएका तर हालसम्म पनि जग्गा धनीपुर्जा प्राप्त गर्न नसकेका परिवारहरूको लगत संकलन गरी कानुनी प्रकृया पुरा गरी जग्गा धनीपुर्जा वितरण गरिने कार्यलाई प्राथमिकता दिइनेछ ।

योजनाबद्ध पूर्वाधार विकास :-
१. धनगढी उप–महानगरपालिका बासिन्दाले भोग्दै आएको डुबान समस्यालाई मुख्य समस्याका रूपमा ग्रहण गरी त्यसको दीगो समाधान गरिनेछ ।
२. धनगढी नगरको सुन्दरतामै नराम्रो प्रभाव पारिरहेको जीर्ण अवस्थामा रहेको क्याम्पस चोकदेखि चौराहसम्मको मूल सडक कालोपत्र गर्ने कार्यलाई विशेष प्राथमिकता दिइनेछ ।
३. उप–महानगरको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरूयोजना बनाई पहुँचका आधारमा नभई आवश्यकता र प्राथमिकताका आधारमा विकास योजनाहरू सञ्चालन गरिनेछन ।
४. नदी नियन्त्रणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी तटबन्धका कार्यक्रम तदारूकताका साथ लागु गरिनेछ ।
५. बेहडाबाबा मन्दिर, जोखर ताल, शिवपुरी धाम, नेतुवा ताल लगायतका अन्य सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरूयोजना बनाई तिनको संरक्षण र विकास गरिनेछ ।
६. निर्माणाधीन परियोजनाहरूलाई समयमै पूरा गर्ने व्यवस्था गरिनेछ ।
७. सडक लगायत अन्य विभिन्न पूर्वाधार निर्माण गर्दा निर्धारित मापदण्ड अनुसार सडकको क्षेत्राधिकार घटाइने छैन ।
८. धनगढी नगरको स्थानीय यातायातमा महत्वपूर्ण भूमिका रहेका स्वरोजगार अटोरिक्सा र टेम्पो व्यवसायीहरूलाई व्यवस्थित गरी चार्जिङ्ग सहितको पार्किङ्ग स्थलहरू निर्माण गरिनेछ ।
९. यस नगरमा रहेको महत्वपूर्ण बेहडाबाबा मन्दिरमा आउने भारतीय श्रद्धालुहरूलाई ध्यानमा राख्दै भारतीय पर्यटकहरूबाट स्थानीय आयआर्जनमा टेवा पु¥याउने, मन्दिरसम्म पुग्ने सडक तथा शिवगङ्गा नदीमा पुल निर्माणलाई मुख्य प्राथमिकतामा राखिनेछ ।
१०. विभिन्न नदी नालाहरूमा निर्माण हुन बाँकी स्थानहरूमा पुल निर्माण कार्यलाई तत्काल प्राथमिकतामा राखिनेछ ।
११. धनगढी नगरभित्रमा टेलिफोन सुविधा नपुगेका स्थानहरूमा टेलिफोन सेवा पु¥याइनेछ ।
धनगढी उप–महानगरपालिकाको मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता, गाडी, इन्धन, यातायात, होटेलबास लगायतका कुनै पनि सुविधा नलिने र नगरबासीको भलाईका लागि मेरो विवेकले जानेसम्म इमान्दारीपूर्वक अहोरात्र खटिएर सेवामा समर्पित हुनेछु । सेवाको अवसर प्रदान गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।
धन्यवाद !
गोपाल हमाल
नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार
धनगढी उप–महानगरपालिका

Loading...