प्रधानमन्त्री शेर बहादुर देउबाको गृह जिल्ला डडेल्धुरामा चुनाबी तालमेल नहुने

डडेल्धुरा, ९ बैशाख- प्रधानमन्त्री शेर बहादुर देउबाको गृह जिल्ला डडेल्धुरामा चुनाबी तालमेल नहुने भएको छ । गठबन्धनका दलहरुले आसन्न स्थानीय तहको चुनावमा सबै स्थानिय तहमा तालमेल नगर्ने निर्णय गरेका छन्।

Dadeldhura hospital

एमाले कमजोर रहेको र सबै स्थानीय तहहरुमा गठबन्धनका दलहरुले नै जित्ने भन्दै यस्तो निर्णय गरिएको माओवादी सुदूरपश्चिमका उपाध्यक्ष मानसिंह मालले बताए।

Navadurga sun
Godawari sandesh

प्रदेश स्तरीय गठबन्धनले पनि तालमेल नगर्ने निर्णयलाई मान्यता दिने तयारी गरेको उनले बताए। केन्द्रीय गठबन्धनले पनि मित्रवद प्रतिस्पर्धालाई सकरात्मक रुपमै लिएको उनको भनाइ छ।

डडेल्धुरामा गठबन्धनका लागि बनाइएको कार्यदलको वैशाख ४ गतेको बैठकले गठबन्धन नगर्ने र मित्रवद प्रतिस्पर्धाका आधारमा चुनावमा जाने निर्णय गरेको थियो।

Loading...