माओवादी केन्द्रबाट घोडाघोडी नगरपालिकाको उपप्रमुख पदमा सावित्रा आचार्यको दाबी

धनगढी, ८ वैशाख- कैलालीको घोडाघोडी नगरपालिकाको उपप्रमुख पदमा सावित्रा आचार्यले दाबी गरेको छ । माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का केन्द्रीय सदस्य रहेका उनले आफू नै घोडाघोडीको उपप्रमुख पदमा उपयुक्त रहेको दाबी समेत गरेका हुन ।

विभिन्न सामाजिक कार्य गरेर घोडाघोडीमा छुट्टै पहिचान बनाएका आचार्य २०६४ बाट विद्यार्थी राजनीति सुरु गरेका थिए । २०६४ सालमा जनप्रिय उच्च माध्यमिक विद्यालय लिक्माको इन्चार्ज, २०६६ मा निर्वाचन क्षेत्र नम्बर ४ को उपाध्यक्ष, २०७२ मा कैलाली जिल्ला कोषाध्यक्ष भएर उनले काम गरेका छन् ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) २१ औँ राष्ट्रिय सम्मेलनमा सुदूरपश्चिम प्रदेशबाट लोकप्रिय मत ल्याएर केन्द्रीय सदस्यमा विजय भएका थिए । त्यतिखेर सुदूरपश्चिम विश्व विद्यालयको इन्चार्ज, भर्खरै सम्पन्न ८ औँ महाधिवेशनमा सुदूरपश्चिमबाट महाधिवेशन प्रतिनिधि हुन भएको छ ।

महिला अधिकारकर्मी/महिला उद्यमी सावित्री आचार्य सामाजिक सचेतना महिला सञ्जाल कैलालीका सचिव समेत हुन । उमेरले २८ वर्षिया सावित्री आचार्य नवजीवन सहकारी संस्था सुखड शाखा समन्वय कमिटी सदस्य पनि हुन । नेकपा माओवादी केन्द्र घोडाघोडी नगरपालिकाबाट आसन्न स्थानीय चुनावको लागि उपप्रमुखमा उनको दोस्रो नम्बरमा नाम सिफारिस गरिएको छ ।

घोडाघोडीमा थुप्रै समस्या देखेको र उपप्रमुखमा विजयी भएपछि सामाजिक तथा आर्थिक विकासमा कदम चाल्ने बताउनु भएको छ । महिला, बालबालिका, दलित, विपन्न, आदिवासी जनजाति र वृद्ध वृद्धाको अधिकारका सवालमा दत्तचित्त भएर लाग्ने उनको दाबी रहेको छ । नगरमा रहेका सबै प्रकारका समस्या, चुनौती, अवसर र सम्भावनासँग नजिकबाट परिचित रहेकोले टिकट पाएर विजयी भएमा विकासका लागि योजना समेत बनाउने दत्तचित्त भएर लाग्ने उनको भनाई रहेको छ ।

Loading...