तीन पालिकाकामा नेपाली काँग्रेस अछामद्वारा तालमेल अस्वीकार




अछाम, ४ बैशाख- सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा तालमेलको सहमति गरेपनि नेपाली काँग्रेस अछामका तीन पालिकाकाले अस्वीकार गरेका छन् ।



साँफेबगर नगरपालिका तथा रामारोशन र चौरपाटी गाउँपालिकाले चुनावमा तालमेल नगर्ने निणर्य गरेका छन् । नगर तथा गाउँकार्य समितिको बैठकले तालमेल नगर्ने निणर्य गरेका हुन् ।


काँग्रेस साफेबगर नगर सभापति लालबहादुर कुँवरले काँग्रेस बलियो रहेको क्षेत्रमा तालमेल गरेर जान नसकिने बताए । उनले काँग्रेसको जनाधारको कदर हुनेगरी निणर्य लिइएको बताए । तीन पालिकामा काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले दाबी गरिरहे पनि सहमति जुट्न सकेको थिएन ।