बाजुरामा एमालेबाट निर्वाचित वडा अध्यक्ष काँग्रेसमा प्रवेश

Dadeldhura hospital

बाजुरा, २८ फागुन– बाजुरा खप्तड छेडेदह गाउँ पालिका वडा न. १ का वडा अध्यक्ष बीरबहादुर रावलले एमाले पार्टी परित्याग गरेका छन् । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष रावलले शनिबार नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनले काँग्रेस नेता एवं खप्तड छेडेदह गाउँपालिका अध्यक्ष समेत रहेका नरबहादुर रावत लगायत नेता कार्यकर्ताहरुको उपस्थितिमा पार्टी प्रवेश गराएको हो । रावल आगामि स्थानीय तहको निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्ष लड्ने चर्चा रहेको छ। स्थानीय निकायको निर्वाचन नजिकैसंगै पार्टी प्रवेश गर्ने त्याग्नेहरुको संख्या धेरै छ ।

Navadurga sun
Godawari sandesh
Loading...