धनगढीका सिंह सशस्त्रको डिआईजीमा बढुवा

धनगढी, २८ फागुन– कैलालीको धनगढी घर भएका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लक्ष्मणबहादुर सिंहको बढुवा भएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयले फागुन २७ गतेको निणर्यबाट सिंहलाई बढुवा गरेको हो ।

Dadeldhura hospital

२०५५ सालमा बारा जिल्लाबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका सिंह सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) मा बढुवा भएका हुन् । सशस्त्र प्रहरी नायव महानिरीक्षक डीआईजीहरु मन्दीप श्रेष्ठ, खड्गजीत राई तथा प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएका थिए ।

Navadurga sun
Godawari sandesh

उक्त पदका लागि एसएसपीहरु लक्ष्मणबहादुर सिंह, विदुर खड्का, प्रदीपकुमार पाल, कृष्णराज पाठक लगायत प्रतिस्पर्धी थिए । सशस्त्रको बढुवा समितिले फागुन २७ जारी गरेको सूचना अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त रहेका डीआईजी पदमा धनगढीको वडा नं. २ घर भएका सिंहलाई डिआइजीमा बढुवा गरिएको हो ।

Loading...