नेपाली काँग्रेस कैलालीको सभापति पदमा प्रकाश बमको उम्मेदवारी घोषणा





धनगढी, ३ फागुन- नेपाली काँग्रेस कैलालीको सभापति पदमा नेता प्रकाश बमले उम्मेदवारी घोषणा गरेका छन्। मंगबलार धनगढीमा पत्रकार सम्मेलन गरी उप–सभापति बमले सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । काँग्रेस कैलालीलाई एकताबद्ध र थप सुदृढ पार्दै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको उपस्थिति बलियो बनाउने सङ्कल्प लिएर सभापतिमा अघि बढेको उनले बताए।


सर्वसम्मत नेतृत्व चयनका लागि खुला रहेको बताउँदै बमले पार्टीको केन्द्रीय तहबाट अहिले सम्म कोही कसलाई आधिकारिक रूपमा जिल्ला सभापतिको उम्मेदवार नतोकिएको दाबी गरे । आफ्ना बारेमा विभिन्न भ्रम फैलाउने काम भइरहेको उल्लेख गर्दै बमले सरकारी नियुक्तिका लागि कहीँ कतैबाट दबाब नआएको र आफूले नियुक्ति भन्दा पनि सभापति पदलाई प्राथमिकता दिएको बताए।


कानुनको विद्यार्थी समेत भएको हुँदा पार्टीका विधान, नियमका बारेमा राम्रोसंग ज्ञान भएको बताउँदै लोकतन्त्र, समाजवाद र राष्ट्रियता काँग्रेसले किन अगालेको भन्ने बारेमा राम्रोसंग भएको उनले उल्लेख गरे । ‘अहिले आएर मेरो नाम र काँग्रेस पार्टी सभापतिको नाम जोडेर मलाई सभापति रोक्नका लागि अनेक हल्ला फिजाउँदै छन्’ उनले भने । ‘प्रकाश वमले पार्टी सभापति छोडी सकेको छन् । भूमि आयोग सदस्य बनाएको कुरा वाहिर आएको छन् । नारायाण भट्ट शेरबहादुर देउवाको आधिकारीक उम्मेद्वार भएको कुरा समेत वाहिर आएका छन्’, उनल भने । ‘यस कुनै कुरामा सत्यता छैन् ।

केन्द्रबाट भूमि आयोगको सदस्य बन्न भन्ने अफर आएको होइन कैलाली जिल्लाका केहि साथिहरुबाट भूमि आयोगको अध्यक्ष बन्न भन्ने अनुरोध गरेको हुन् त्यो मैले सिधै अस्वीकार गरिसकेको उनले बताए । ‘म राजनीति गर्ने व्यक्ति हो’, उनले भने । ‘आयोग मात्र होइन कुनै प्रकारका राजनीति नियुक्त म खादैन् ।’ केन्द्रबाट आयोगको सदस्य बन्ने अफर आए पनि नखाने दावी उनले गरे ।
उनले स्थानीय निर्वाचनमा एक भएर जाने एजेण्डा रहने बताए यस भन्दा अगाडि भएका गल्तीलाई सच्याउदैँ बढ्ने उल्लेख गरे। ६० प्रतिशत भन्दा बढी साथिहरु मलाई चाहिने व्यक्तिहरु रहेको बताए । जिल्लामा आफ्नो पक्षमा अहिलेका महासचिव नरनाराण्या शाह ‘मनु’को समेत समर्थन रहेको उनले दावी गरे । मनु यस कैलालीको निवर्तमान सभापति हुन् ।
आफु टिम सहित जिल्ला अधिवशेनमा होमिने उनले दावी गरे । अग्रज नेताहरु ५ वटै निर्वाचन क्षेत्रबाट समट्ने गरी टिम तयार उनको दावी छ । नेपाली काँग्रेसको अधिवेशनहरु वडा देखि जिल्ला सम्म सम्पन्न भई सकेका छन् । कैलाली लगायन १६ जिल्लाको अधिवेशन यहि फागुन १३ गते हुँदै छ ।
काँग्रेस कैलालीले अधिवेशनमा २ हजार ५ सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने र ती प्रतिनिधिहरूले नै जिल्ला कार्य समिति चयन गर्ने जनाएको छ। पटक पटक स्थगित हुँदै आएको जिल्ला अधिवेशनको मिति तोकिएसँगै कैलाली काँग्रेस भित्र चुनावी सरगर्मी समेत बढिरहेको छ। काँग्रेस कैलालीको सभापतिका लागि प्रकाश बम, नारायणदत्त भट्ट, दीपकराज जोशी, खेमराज चौधरी, भीम बडूवाल, नवराज रावल, रामचरण चौधरी जिल्ला सभापतिको दौडमा रहेका छन् ।



