दसैँ सकेर भारत फर्किँदै सुदूरपश्चिमका युवा

धनगढी- दसैँ मनाउन स्वदेश आएका सुदूरपश्चिमका युवा तिहार आउँदै गर्दा पुनः भारत फर्किन थालेका छन्। नयाँदिल्ली, मुम्बई, बैंगलोरसुरतलगायतका सहरमा रोजगारी गर्ने नेपाली कामदारहरू दसैँ सकिएलगत्तै पुनः भारततर्फ लागेका हुन्।

Ganyapdhura gau

नेपालमा रोजगारीको अवसर नहुँदा र भारतमा सजिलै काम पाउन सकिने भएकाले सुदूरपश्चिमका लाखौं बासिन्दाको रोजगारीको केन्द्र भारत बन्दै आएको छ। तर, यस्ता श्रमिकको आधिकारिक संख्या हालसम्म नापजाँच भएको छैन।

Navadurga sun

बझाङको दुर्गाथली गाउँपालिकाका ५५ वर्षीय बिर्खे धामी गौरीफन्टा नाकामा बैंगलोर जाने गाडीको लाइनमा भेटिए। एक महिनाको दसैँ बिदा सकेर उनी आफ्नो पुरानो कर्मथलो फर्किंदै थिए। विगत १० वर्षदेखि बैंगलोरमा पसिना बगाएर उनले पाँच जनाको परिवार पाल्दै आएका छन्।

Dadhaldhura pur

“घरको खेतीपातीले मुस्किलले दुई महिना खान पुग्छ। पाँच जना छोराछोरी छन्, सबैलाई पढाउनु पर्यो,” उनले भने, “चाडबाड सकेर परदेश जान कसलाई पो रहर हुन्छ र ? तर बाध्यताले सबै कुरा भुलाउँदो रहेछ।”

उनी जस्तै कैलालीको गौरीगंगा निवासी भीम साउद पनि दसैँपछि भारतको सुरत फर्किँदै थिए। उनी त्यहाँ ज्याला मजदुरी गरेर परिवार चलाउँछन्। “दसैँमा परिवारसँग भेट हुँदा रमाइलो लाग्छ, तर छोडेर हिँड्दा मन भारी हुन्छ,” उनले भने, “यो बाध्यता कहिलेसम्म हो, थाहा छैन।”

सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र अछामका धेरै महिला पनि भारतमा घरायसी कामदारका रूपमा गएका छन्। उनीहरूले खाना पकाउने, घर सफा गर्ने, लुगा धुनेजस्ता काम गरेर परिवार पालिरहेका छन्। कसैले आफ्ना छोराछोरीलाई पनि सँगै लगेका छन्, ताकि पढाइ र भविष्य नबिग्रियोस्।

गौरीफन्टा नाकामा अहिले सयौँको संख्यामा मानिसहरू भारततर्फ फर्किंदै छन् । कोही दसैँ सकेर रोजगारीमा फर्किँदैछन् भने कोही तिहारका लागि घर फर्किँदै गरेका छन् ।

नाकामा भेटिने अधिकांशको एउटै चाहना छ, “स्वदेशमै केही काम पाइयोस् ।” परदेशको कठोर श्रमबीच उनीहरूको साझा सपना भनेको आफ्ना छोराछोरीको उज्ज्वल भविष्य हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...