मतदाता परिचय पत्र हराएको छ यसाे गर्नुहाेस् …
निर्वाचन आयोगले मतदाता परिचय पत्र हराएमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगले मतदाता परिचय पत्र सम्बन्धी एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।


आयोगले जारी गरेको सूचनामा भनिएको छ की आयोगले जारी गरेको मतदाता परिचय पत्र नष्ट भएको वा हराएको भएमा सरोकारवाला स्वयंले मिति २०७८/११/२० गतेसम्म सम्बन्धित वडा कार्यालयको सिफारिस सहित आफ्नो मतदाता नामावली रहेको जिल्लाको निर्वाचन कार्यालयमा मतदाता परिचय पत्रका लागि निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

प्रकाशित सूचना:

