कैलालीको अत्तरियामा सहिद दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम
अत्तरिया, १६ माघ- सहिद दिवसको अवसरमा कैलालीकाे अत्तरियामा वृक्षारोपण गरिएको छ । अत्तरियाको दुर्गा मन्दिर परिसरमा थ्रिडिभिएल क्रियसनको आयोजना, अत्तरिया जुनियर जेसिज र सगरमाथा ऐग्रोफोरेष्टिको सहकार्यमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

सहिदप्रति श्रद्धाञ्जली स्वरुप मन्दिर परिसरमा वृक्षारोपण गरिएका थ्रिडिभिएल क्रियसनका अध्यक्ष दिपक ओझाले बताए । वृक्षारोपण कार्यक्रममा २ दर्जन बढी बिरुमा रोपिएको उनले बताए ।


वृक्षारोपण कार्यक्रमका लागि सगरमाथा ऐग्रोफोरेष्टिले बिरुवा सहयोग गरेको थियो । ऐग्रोफोरेष्टिका संचालन नसिव साउँदले पलम, समि, लालुपाते, अमला लगायतका विरुवा रोपिएको बताए । वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि डोटी बहुमुखि क्याम्पसका प्रमुख तिर्थ राज जोशी रहेका थिए । कार्यक्रममा बोल्दै उनले सहिदहरुले तानाशाही राणा शासनका विरुद्ध ज्यानको आहुती दिएको बताए । उनले सहिदहरुले गरेको त्यागले देशमा प्रजातन्त्र आएको बताए ।
‘हामीले सहिदहरुलाई दिवसका दिन मात्रै सम्झनु राम्रो कुरा होइन’ उनले भने, ‘हामीले सहिदहरुको बलिदनबाट प्रेरणा लिने हो । उनीहरुले देखाएको बाटो हामीले अनुसरण गर्नुपर्छ ।’ उनले अहिलेका राजनीतिक दलहरु सहिदहरुले देखाएको बाटोमा भन्दा पनि व्यक्तिगत स्वार्थमा बढी लिप्त भएको बताए ।
वृक्षारोपण कार्यक्रममा अत्तरियामा रहेका बिभिन्न संघसस्थाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन थ्रिडिभिएल क्रियसन सचिव तथा अत्तरिया जुनियर जेसिज बर्ष २०२२ का अध्यक्ष एलआर ओझाले गरेका थिए ।
