कृष्णपुर नगरपालिकाले किसानलाई ढैँचा उमार्न आकर्षित गर्दै

कृषि उत्पादनलाई विषादीमुक्त बनाउन ढैँचा मल उपयुक्त हुने : नगर प्रमुख ओझा

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले किसानलाई ढैँचा उमार्न आकर्षित गर्न थालेको छ । पछिल्लो समय कृषिमा अत्याधिक मात्रामा प्रयोग हुँदै आएको रासायनिक मल प्रतिस्थापन गर्न नगरपालिकाले ढैँचा उमार्न किसानलाई आकर्षित गर्न थालेको हो ।

Ganyapdhura gau

जस अन्तरगत नगरपालिकाको कृषि शाखाले एक लाख पचास हजार बराबरको बिउ ५९ जना किसानलाई ८० प्रतिशत अनुदानमा वितरण गरेको थियो ।

Navadurga sun

रासायनिक मलको सट्टा ढैँचाको बिरुवा उमारेर मलका रूपमा प्रयोग गरी धान, गहुँलगायत अन्नबाली उत्पादन गर्न सकिन्छ । बीउ छरेको २० देखि २५ दिनपछि तयार हुने ढैँचाको बोटलाई खेत हिल्याउने क्रममै जोतेर माटोमा मिलाइन्छ । यसरी जोतेर माटोमा मिलाएपछि ढैँचाको एक साताभित्रै कुहिएर मल बन्दछ ।

त्यसपछि लगाइने बालीमा अरू मल राख्नु नपर्ने कृषि शाखा प्रमुख लाल बहादुर धामीले बताए । खेतमा ढैँचा रोपेका किसान विजय रानाले पहिलो पटक रोपेको हुँदा पर्याप्त पानी हाल्न नसक्दा प्रशस्त नउम्रेको बताए । ‘यो पहिलो पटक रोपेको छु, कस्तो हुन्छ अब केहि दिनमा थाहा हुन्छ उनले भने।’ यस पटक लामो समय खडेरी परेको र बिउ लिएका सबै किसानसँग सिँचाइ मोटर पनि नभएका कारण ढैँचा केही कम उम्रिएको कृषि शाखा प्रमुख धामीको भनाई छ ।

Dadhaldhura pur

ढैँचा मलको प्रयोगले रासायनिक मल माथिको निर्भरता हटाउन सकिने धामी बताउँछन्‌ । ‘रासायनिक मल खरिदका लागि एकातिर बर्सेनी ठूलो परिमाणमा पैसा विदेशिने गरेको छ भने अर्कातिर माटो बिग्रिदै गएको छ, उनले भने ढैँचा मलको प्रयोग बढाउन सक्यौँ भने दोहोरो फाइदा पुग्छ ।’ नेपालमा उत्पादन नहुने र बाह्य देशबाट ल्याउनुपर्दा समयमा रासायनिक मल नपाउँदा बर्सेनि किसानहरूले समस्या भोग्दै आएका छन् ।

रासायनिक मलको प्रयोग न्यूनीकरण गर्न, माटोको उर्वरा शक्ति प्राकृतिक माध्यमबाटै वृद्धि गर्न र कृषि उत्पादनलाई विषादीमुक्त बनाउन ढैँचा मल उपयुक्त हुने कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए । रासायनिक मलको विकल्पका रुपमा कृष्णपुरले ढैँचा मलको प्रयोग गर्न किसानलाई आकर्षित गर्न खोजिरहेको उनको भनाई छ ।

‘हाम्रा खानेकुराहरुमा विषादी धेरै नै हुन थाल्यो, अर्कोतिर माटोको रासायनिक मलको अन्धाधुन्द प्रयोगले माटोको उर्वराशक्तिमा ह्रास आउँदै गएको अवस्था छ भने अर्बौ रकम विदेशिँदा पनि समयमा मल नपाउने समस्या पनि उस्तै छ त्यसैले हामीले विकल्पका रुपमा ढैँचा मलको प्रयोग लाई बढाउन खोजिरहेका छौँ, उनले भने ।’ कृष्णपुरले अब अर्ग्यानिक कृषि क्रान्ति लाई प्राथमिकता दिने ओझाको भनाई छ ।

नेपालमा हरेक वर्ष खेतीपातीको मुख्य सिजन धान रोप्ने बेला किसानले वर्षेनी मलको समस्या झेल्दै आएका छन् । किसानलाई बर्सेनि सात लाख मेट्रिक टन युरिया मल आवश्यक हुन्छ भने अभाव नहुने गरी वितरण गर्ने हो भने रु ३० अर्ब रासायनिक मल खरिदमा विदेश पुग्छ । यस्तो अवस्थामा जैविक मलको प्रयोग उत्तम विकल्प हुनसक्ने बताईएको छ ।

कृष्णपुरलाई कृषि हब बनाउने उद्देश्य लिएको नगरपालिकाले गहुँ काटे पछि धान रोप्ने बेलासम्म जमिन खाली नरहोस् भनेर मुंग दालको बिउ पनि वितरण गर्ने गरेको छ । ‘कृषि क्रान्तिमा कृष्णपुरको आफ्नै नीति छ, ओझाले भने गहुँ काटे पछि धान रोप्ने बेलासम्म जमिन खाली नरहोस् भनेर हामीले ८० प्रतिशत अनुदानमा ४१२ जना किसानलाई मुंग दालको बिउ पनि वितरण गरेका छौँ ।’

ADD Khali jpg
ADD Khali jpg
Loading...