कैलाली र कञ्चनपुरमा गिरिजाप्रसादको १२ औं स्मृति दिवस मनाउने




अत्तरिया, ६ चैत– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १२ औं स्मृति दिवस मनाइने भएको छ । चैत ७ गते सोमबार कोइरालाको स्मृति दिवसको अवसरमा कैलाली र कञ्चनपुर लगायत नौ वटै जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने भएको हो ।


कञ्चनपुर जिपी कोइराला फाउन्डेसन संयोजक गणेश नेगीको सभापतित्वमा अनाथालयमा, महाकाली अस्पतालमा फलफुल बितरण साथै अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।


त्यसैगरी कैलाली जिल्ला संयोजक मेनका जोशीको सभापतित्वमा अनाथालय, सेती प्रादेशिक अस्पातलमा फलफुल बितरण तथा अन्तक्रिया कार्यक्रम सम्पन हुने भएको छ ।

गिरिजा प्रसाद कोइराल फाउन्डेसन सुदूरपश्चिम सह संयोजक तर्क भट्टका अनुसार प्रदेश समिति, जिल्ला समिति गठन भई सकेको र पालिका समिति समेत फाउन्डेसनको बिस्तार गरि सामाजिक गतिविधिमा यो फाउण्डेशन सक्रीय रहने छ ।
२०४७ सालको आन्दोलन, २०६२/६३ सालको दोश्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौता लगायत नेपाली राजनीतिका महत्वपूणर् कालखण्डमा गिरिजाप्रसाद कोइरालाको विशेष योगदान रहेको छ ।
गिरिजाप्रसाद कोइरालाको जन्म वि.सं. १९८१ असार १८ मा भारतको बिहार राज्यका टेडी सहर्षामा भएको थियो । जहानियाँ राणा शासनको विरोध गरेको कारण निर्वासन रहनुभएका कृष्णप्रसाद कोइराला र दिव्या कोइरालाको कान्छो छोराको रुपमा गिरिजाप्रसादको जन्म भएको थियो ।
गिरिजाप्रसाद कोइराला मुलुकमा पाँच पटक प्रधानमन्त्री हुनुभयो भने चार कार्यकाल पार्टी सभापति हुनुभयो । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो ।