कैलालीको धनगढीको डुबान समस्या हटाउन २ करोड ७५ लाखको लागतमा प्लाष्टिक ढल पाइप विस्तार गरिँदै




धनगढी, ३ चैत– धनगढी उपमहानगरपालिका वडा नम्बर २ र ३ का स्थानीयले वर्षौदेखि डुबानको समस्या झेल्दै आइरहेका छन् । सोही समस्या हटाउन उपमहानगरपालिकाले उच्च स्तरको ढल प्लाष्टिक पाइप बिच्छ्याइ रहेको छ ।



बिहीवार धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र उपमेयर सुशील मिश्र भट्टले पानी निकासका लागि उक्त प्लाष्टिक पाइप बिछ्याउने कार्यको शिलान्यास गरेका छन् । शिलान्यास गर्दै मेयर वडले उक्त काम स्थानीय उपभोक्ता समिति मार्फत हुने बताए ।


उपमहानगरपालिकाको करिब २ करोड ७० लाख र उपभोक्ताको करिब ५ लाखको श्रमदान सहित २ करोड ७५ लाखको लागतमा १ हजार २ सय मिटर लामो उक्त ढल प्लाष्टिक पाइप राखिने उपमहानगरपालिकाका डिभिजन इन्जिनियर दीजराज भट्टले बताए । उक्त कामका वैशाख मसान्तसम्म सक्नेगरी उपभोक्त समितिसँग सम्झौता भएको बताए । मोहना-अत्तरिया ६ लेन सडकको वडा नम्बर ३ तर्फबाट उक्त नाली मोहना नदीमा लगेर मिसाइने बताइएको छ ।