सन्दर्भ विश्व एड्स दिवस : सुदूरपश्चिममा ४ महिनामा २१ जनाको एड्सबाट मृत्यु
अत्तरिया, १५ मंसिर– सुदूरपश्चिममा प्रदेशमा एचआईभी/एड्स बाट ४ महिनामा २१ जनाले ज्यान गुमाएका छन् । सुदूरपश्चिम स्वस्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार चालू आर्थिक बर्षको पहिलो चौमासिकमा ७ जना महिला र १४ जना पुरुष गरी २१ जनाले ज्यान गुमाएका हुन् । ३ हजार जनामा गरिएको परीक्षणमा पहिलो चौमासिकमा ४९ जनामा एचआईभी/एड्स देखा परेको हो । प्रदेशमा सबै भन्दा बढी एचआईभी/एड्स संक्रमित कैलाली, कञ्चनपुर र डोटीमा देखिने गरेको छन् । स्वास्थ्य कार्यालय अनुसार कैलालीमा सबै भन्दा बढी एआरटी सेन्टर भएको हुँदा धेरै देखिएको हुन् ।
कैलालीमा धनगढी, टीकापुर र चौमालामा एआरर्टी सेन्टर हरेका छन् । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले प्रदेशको सबै भन्दा बढी एड्स संक्रमित कैलालीमा रहेको बताए । ‘सुदूरपश्चिमको तराईका जिल्लामा एआरटी सेन्टर पनि धेरै छन् । यहाँ चेक जाँच पनि बढी हुन्छ’, कार्यालय प्रमुख धामीले भने ।
‘त्यसले गर्दा पनि संख्यात्मक ढंगल तराईमा बढी देखिएका हुन् ।’ उनले भारत जाने नागरिकहरुमा बढी एड्स देखिएका बताए । ‘केहि बर्ष पहिले भारत जाने नागरिकहरुमा एचआईभी÷एड्स देखिने गरेको थियो’, उनले भने । ‘तर, अहिले भने नागरिकहरुमा चेतना बढेसंगै कम भएको छ ।’ अझै पनि ग्रामिण क्षेत्रमा नागरिकहरुमा चेतना पुग्न नसकेको बताए । एचआईभी/एड्सबाट बच्नका लागि जनचेतना नै महत्वपूर्ण भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निमित्त स्वास्थ्य निर्देशक ओम जोशीले बताए ।
पहिलेको तुलनामा एचआईभी/एड्स संक्रमितहरुको संख्यामा कमी आएको बताउँदै अझ यसलाई निर्मुल पार्नका लागि सबैको समन्वयत्मक भूमिका आवश्यक रहेको बताए । पछिल्लो समय एआरटी औषधी समेत बिरामीहरुले नियमित खाईरहेको हुँदा सुधार आएको उनले बताए । आज (बुधबार) विश्व एड्स दिवस विविध कार्यक्रम गरी मनाईदैँ छ । एचआईभी/एड्स यौन सम्पर्कको माध्यमवाट सर्ने भएकोले यो एक प्रकारको यौनजन्य (प्रसारित) संक्रमण हो । स्वास्थ्यमर्कीहरु प्रत्येक व्यक्तिले यस एचआईभीको संक्रमण बारे पूर्णरुपमा थाहापाई राख्नु नितान्त आवश्यक रहेको बताउँछन् ।
एचआईभी किटाणु मानिसको शरीरमा प्रवेश गरेपछि उसको शरीरमा रोगसंग लड्ने क्षमता कम हूंदै जाने गरेको गर्दछ । मानिसको शरीरमा एचआईभी भएमा त्यसलाई एचआईभी पोजिटिभ भएको भनिन्छ । एचआईभीको कारणले प्रतिरोधात्मक क्षमता कमजोर भएको व्यक्तिलाई विभिन्न संक्रमण हुन्छ । एड्स एक पटक संक्रमण भए पछि पूर्णरुपमा निको पार्न नसकिए पनि नियमित रुपमा औषधी खाएमा तथा उचित आहार लिएमा तथा व्यायाम गरेमा लामो समयसम्म स्वस्थ रहनमा मद्दत पुर्याउछ । एड्स/एचआईभी संक्रमित व्यक्तिसंग असुरक्षित यौन सम्पर्क राखेमा सर्छ ।
यस्तै एचआईभी संक्रमित व्यक्तिले प्रयोग गरेको सुई, दा¥ही काट्ने ब्लेड, अथवा छाला छेड्ने सामाग्रीको प्रयोग गरेमा सर्ने गरेको स्वास्थ्यकर्मीले बताएका छन् । संक्रमित व्यक्तिको रगत प्रयोग गरेमा र संक्रमित व्यक्तिको अंग प्रत्यारोपण गरेमा सर्छ । संक्रमित गर्भवती महिलाबाट जन्मिने अथवा जन्मेको शिशुलाई (गर्भमा वा जन्मदा वा स्तनपान गराउँदा) पनि सर्ने गरेको छ । एचआईभी संक्रमणबाट बच्ने उपायहरू ववाह हुनु अगावै यौन सम्पर्क नराख्ने र विवाह पश्चात आफ्नो दम्पती विच मात्र यौन सम्पर्क राख्ने रहेको स्वास्थ्यकर्मीहरुको सल्लाह रहेको छ । विवाह भन्दा पहिले अथवा अरु कसैसंग यौन सम्पर्क गर्नु परेमा हरेकपटक यौन सम्पर्क राख्दा कण्डमको सही प्रयोग गर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह रहेको छ । यस्तै निर्मलीकरण गरेको नयाँ सुई, दार्ही काट्ने ब्लेड अथवा छाला छेड्ने सामग्री मात्र प्रयोग गर्नु पर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह रहेको छ ।