नेपाल एसबीआई बैंकका ग्राहकले रुबस होटलमा छुट पाउने

धनगढी- नेपाल एसबीआई बैंक लिमिटेड र रुबस होटल प्रा. लि. धनगढी बीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताअनुसार, बैंकका डेबिट कार्डधारी तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले रुबस होटलका विभिन्न सेवामा विशेष छुट पाउने छन् ।

Dadeldhura hospital

सम्झौतामा नेपाल एसबीआई बैंकका सुदूरपश्चिम प्रादेशिक प्रमुख श्री सन्तोष कुमार भण्डारी तथा रुबस होटल प्रा.लि.का प्रबन्ध निर्देशक श्री प्रकाश भट्टाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, बैंकका ग्राहकहरूले होटलका खानपान तथा आवास सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौताले ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रयोग गर्न प्रेरित गर्ने तथा होटल व्यवसायलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

Loading...