गोदावरीमा सम्पन्न बृहत फोहोर व्यवस्थापन निर्माणको  ADB टिमद्वारा स्थलगत निरीक्षण

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा बृहत फोहोर व्यवस्थापन प्रणाली निर्माण सम्पन्न भएको छ । यस परियोजनाले नगरपालिकाको दीर्घकालीन फोहोर व्यवस्थापन समस्याको समाधान गर्ने विश्वास गरिएको छ।

सुदूरपश्चिमकै केन्द्रबिन्दु मानिने कैलालीको अत्तरिया बजारमा पछिल्लो समय जनघनत्व बढ्दै गएको छ । यहाँका सात पहाडी जिल्ला र तराईका दुई जिल्ला प्रवेश गर्ने एक मात्रै चल्तीको सडकमार्ग भएकाले कैलालीको गोदावरी नगरपालिकामा फोहोर व्यवस्थापन गर्न निकै चुनौती रहेको थियो । तर अब भने एसियाली विकास बैङ्क (एडिबी) को ऋण अनुदान सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको संयोजनमा फोहोरमैला व्यवस्थापन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

दुई वर्षअघि १८ जुलाई २०२२ मा ठेक्का सम्झौता गरेर निर्माण कार्य सुरु गरिएको फोहोरमैला व्यवस्थापन केन्द्रको काम निर्माण पश्चात एसियाली विकास बैंकका टिमद्वारा स्थलगत निरीक्षण गरेको छ । समय अवधिमा नै चाइनाको सिचुवान प्रोभेन्सी जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सले काम सकाएको छ ।

आईतबार परियोजनाको गुणस्तर तथा प्रभावकारिता बुझ्नका लागि एशियन डेभलपमेन्ट बैंक (ADB) को एक उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरिरहेको छ । निरीक्षण टोलीमा विशेषज्ञ, इञ्जिनियर, र प्रशासनिक अधिकारीहरू समावेश छन् ।

Dadeldhura hospital

ADB टोलीका सदस्यहरूले परियोजनाको व्यवस्थापन, प्रविधि, र वातावरणमैत्री उपायहरूको समीक्षा गर्दै स्थानीय अधिकारीहरूसँग छलफल गरेका छन् । निरीक्षणपछि टोलीले परियोजनाको प्रभावकारिता र सुधारका सम्भावनाहरूको रिपोर्ट तयार पार्ने बताइएको छ ।

गोदावरी नगरपालिकाका नगर प्रमुखका अनुसार, “यो परियोजनाले नगरपालिकाको सरसफाइमा ठूलो योगदान पुर्‍याउनेछ । अब स्थानीय समुदायलाई पनि फोहोर व्यवस्थापनमा सचेत र सहकार्य गर्न प्रोत्साहन गरिनेछ ।”

निर्माण कम्पनीका इन्जिनियर अशोक पाण्डेले फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोरमैलासँगै दिशाजन्य लेदोको छुट्टाछुट्टै व्यवस्थापन हुने बताउनुभयो । उहाँले ठोस फोहोरलाई कुहिने, रिसाइकल हुने र कामै नलाग्ने फोहोरमा विभाजन गरेर व्यवस्थापन गरिने भन्दै दिशाजन्य फोहोरको व्यवस्थापन गर्नका लागि ५ घनमिटर र ८ घनमिटरका छुट्टै सेड निर्माण गरिएको बताउनु भयो । 

फोहोरमैला व्यवस्थापन केन्द्रमा ठोस फोहोर प्रतिदिन १३ टन र दिशाजन्य फोहोर प्रतिदिन १३ घनमिटर व्यवस्थापन गर्न सकिने जनाइएको छ ।

ठोस र दिशाजन्य फोहोर ट्याङ्करमा लोड गरेर केन्द्र सम्म पुर्‍याइने जनाइएको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण पछि ३ वर्ष निर्माण कम्पनीले नै सञ्चालन गरेर गोदावरी नगरपालिकालाई हस्तान्तर गर्ने गरी सम्झौता गरिएको छ ।

गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले फोहोरमैला व्यवस्थापनका लागि यति ठुलो परियोजना कार्यान्वयन ल्याउन निकै मिहेनत गर्नुपरेको बताउँदै यसबाट अब कम्पोस्ट मल उत्पादन गरी गोदावरीमा फोहोरमैलाको दिगो व्यवस्थापन हुने बताउनु भयो । स्थानीय बासिन्दाले यस प्रणालीले वातावरणीय स्वच्छता र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने आशा गरेका छन् ।

Loading...