अत्तरियामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस सम्पन्न 

अत्तरिया- कैलालीको अत्तरियामा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०८१ सम्पन्न गरिएको छ । अत्तरियाको पतञ्जलि योग भवनमा सोमबार भव्यता साथ सम्पन्न गरिएको हो ।
कार्यक्रम सञ्चालनपूर्व अत्तरिया बजार परिक्रमा गरिएको थियो । परिक्रमाको क्रममा सबै प्रकारका भेदभाव जातीय छुवाछुत विरुद्ध हातेमालो गरौँ । सामाजिक न्याय सहितको समृद्ध र समावेशी नेपाल निर्माण गरौँ, दलित एकता जिन्दाबाद दलित समुदायको राजनैतिक अधिकार सुनिश्चित गर । जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कारबाही गर राज्य सत्तामा दलितको समानुपातिक प्रतिनिधित्व गर भन्दै र्‍याली निकाली बाजागाजाका साथ बजार परिक्रमा गरिएको थियो ।
कार्यक्रमको आयोजना दलित विकास सेवा केन्द्र कैलाली, द फ्रिडम फण्ड, दलित महिला मञ्च नेपाल, फेडो, अत्तरिया विकास मञ्च र नेपाल दलित सङ्घ, उत्पीडित जातीय मुक्ति समाज, नेपाल दलित मुक्तिमोर्चा, नेपाल दलित मुक्ति संगठन, जातीय समता समाज, बारावन साझेदारी वन व्यवस्थापन समिति बल्मि कैलालीको सहकार्यमा सम्पन्न भएको हो ।
नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय गणेश बिकको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता दलित विकास सेवा केन्द्र गोदावरीका अध्यक्ष टेक बहादुर बिक रहेका थिए भने विशिष्ट अतिथि इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) गंगा बहादुर थापा रहेका थिए ।
कार्यक्रमको सञ्चालन दलित विकास केन्द्रका सचिव कृष्ण बिकले गरेका थिए भने अत्तरिया विकास मञ्चकी सल्लाहकार सुमित्रा शोपले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन् ।
प्रमुख अतिथि विकले दलित आन्दोलन भनेको बाहुन क्षेत्री विरुद्धको आन्दोलन होइन । विभेद विरुद्धको आन्दोलन हो । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो नेपाल सरकारको घोषणा गरियो २०६३ सालमा संसदबाट पारित भइ नेपालमा छुवाछुतको अन्त्य भएको हो त्यसै दिनको सम्झनामा २०६८ जेठ २१ गते दलित अधिकार दिवस मनाउँदै आएका छौं । प्रदेश सरकारले पनि दलित विकास समितिको घोषणा गरी २०८१ देखि २०९० सम्म १० वर्षको लागि दलित दशक कार्यक्रम ल्याइएको बताए ।
विशिष्ट अतिथि डिएसपी थापाले मानिसका पुरुष र महिला गरी दुई जात हुने बताए । इतिहासमा अन्धविश्वास र कुरुतिहरू बाट विभेदहरु विकास भएका हुन् । उनले भने, यस्ता भेदभावहरू सबै हराएर जाने इतिहासमै रहनेछन् । मानसम्मान सम्पूर्ण नागरिकले पाउनुपर्छ । दलित भनेर हेला गर्न पाइँदैन । जातजाति मुद्दामा पीडितले नजिकको प्रहरी कार्यालयमा निवेदन गर्नु पर्ने प्रहरीबाट निसाफ नपाए अरु निकायमा जानु पर्छ जातीय विभेदको मुद्दा निन्दनीय अपराध हो । इलाका प्रहरी कार्यालयले २४ सै घण्टा यस्ता मुद्दाहरूको सम्बोधन गर्ने बताए ।
कार्यक्रमको समापन गर्दै कार्यक्रमका अध्यक्ष टेक बिकले छुवाछुत रहित नेपाल सम्भव छ गोदावरीका दलित समुदाय अब हार्दैनन् पटकपटक हारेका भएपनि संस्कृति धर्मले उत्पीडनमा परेका दलितहरू अन्तरजातीय विवाहमा मरेका छन् लुकेर बसेका छन् धनगढीमा दलितहरूलाई भाडामा कोठा दिइँदैन । राजनीतिक दलहरूमा समेत दलितहरूको संलग्नता न्यून छ । त्यसैले नेता कर्मचारी सबैले आफ्नो सोच बदलौँ सच्चियौ दलितहरू सम्बन्धी तीन विभेदहरू छन् । पानी, पद र विवाह पानी चल्दैन पद दिइँदैन र उच्च जातिसँग विवाह गर्न पाइँदैन । अहिले खुला दिशामुक्त क्षेत्रहरू भएझैँ दलित सम्बन्धित भेदभाव मुक्त क्षेत्र पनि बन्नेछन् । दलितहरूले राणा पञ्चायत हुँदै २०६३ सालका आन्दोलनहरूमा थुप्रै सहादतहरू प्राप्त गरेको बताए । 
अधिकांश वक्ताहरु कार्यक्रममा बोल्दै संविधानले नै जातीय विभेदको अन्त गरेको भएपनि दलित प्रति भेदभावहरु हटेका छैनन्। जातीय विभेदले धेरै दलितहरूको ज्यान गइसकेको छ । जातीय विभेद टोलटोलमा गाउँ गाउँमा भइरहेको छ । अन्धविश्वासले पनि जातीय विभेद हुन्छ । संविधान र कानुनको कार्यन्वयन गर्नु पर्ने त्यसपछि दलित अधिकारको सुनिश्चित हुन्छ । राज्यको नजरमा दलित मैत्री संविधान भएपनि संविधानको कार्यान्वयन हुन सकेको छैन भनी गुनासाहरू राखेका थिए ।
Loading...