एक लाख ६३ हजार सहित सीमा क्षेत्रबाट २ जना पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीका २ जना सीमा क्षेत्रबाट नगदसहित पक्राउ परेका छन्। बुधवार भारतीय जनपथ प्रहरीले १ लाख ६३ हजार सहित २ जनालाई पक्राउ गरेको हो । 

Malpot office dadeldhura

थाना सम्पूर्ण नगर, जनपथ खिरीले एक प्रेस विज्ञप्ती जारी गर्दै धनगढीका शुभशंकर सिंह र बाबु सिंहलाई नगदसहित पक्राउ गरिएको बताएको छ । भारतीय जनपथ प्रहरीले सीमा क्षेत्रबाट उनीहरूलाई १ लाख ४६ हजार २ सय ४० रुपैयाँ नेपाली र १० हजार पाँच सय भारतीय सहित पक्राउ गरेको हो।

उनीहरूको साथमा रहेको रकम अवैध  देखिएकाले बरामद गरिएको भारतीय प्रहरीले बताएको छ । भारतको खजुरिया क्षेत्रबाट प्रहरीले नगदसहित नेपाली नागरिकलाई पक्राउ गरेको हो । एफएसटी र प्रहरीको संयुक्त टिमले घटनाको थप अनुसन्धान गरिरहेको जनपथ प्रहरी खिरीले बताएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...