दलित अधिकार रक्षा गर्ने सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मियाँको प्रतिबद्धता

धनगढी-  सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले दलितका हक अधिकारको रक्षाका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा धनगढी बिहीबार अपराह्न आयोजित कार्यक्रममा उनले दलितका अधिकार स्थापित गर्न आफ्नो पूर्ण सहयोग हुने बताएका छन्। 

समाजका सबै वर्ग मिलेर संविधान कार्यान्वयनमा जानसके मात्र दलितको अधिकार सुनिश्चितता हुने विचार व्यक्त गर्दै प्रदेशका प्रमुख मियाँले दलित आन्दोलनमा सबै नेपालीको ऐक्यबद्धता रहेको बताए । उनले भने, ‘छुवाछुत तथा जातीय भेदभाव विरुद्ध नेपालको संविधानले गरेको व्यवस्थालाई बेवास्ता गर्न हुँदैन, त्यसको पूर्ण कार्यान्वयन हुनुपर्छ भन्ने मेरो मान्यता छ ।’ 

त्यस अवसरमा सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनार, लक्ष्मी बिक, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवाले जातीय भेदभाव एवं छुवाछुत दण्डनीय भएकाले कानुनले वर्जित गरेका गतिविधि कसैले पनि गर्न नहुनेमा जोड दिएका छन् । 

Loading...