अत्तरिया- निडस नेपालले हिंसा प्रभावित महिला तथा बालबालिकाको सेवामा पहुच तथा सुनिश्चितताका लागि सेवा प्रदायक निकायहरु बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपाल सरकारको समन्वयमा युनिसेफको आर्थिक सहयोगमा मंगलबार सम्पन्न गरेको हो ।
१४ वटा सेवा प्रदायक निकायहरुले हिंसा प्रभावित महिला तथा बालबालिकाको छेत्रमा आफुहरुको संस्थाले गर्ने सहयोगको बारेमा जानकारी दिए । कार्यक्रममा लैङ्गिक हिंसाका स्वरुप, कारण र त्यसले समाजमा पार्ने प्रभावको बारेमा छलफल गरिएको थियो । कार्यक्रममा गर्भ अबस्था बाटै महिलाहरु लाई विभेद गरिने बताइयो गर्भमा छोरी भए गर्भ पतन गराउनेहरु यसमा पर्दछन् ।
महिला माथि हुने हिंसाले महिला हरुलाई मात्र नभएर उनीहरूका छोरा छोरीलाई पनि प्रभाव पार्दछ । बाल विवाहको समस्या पनि यथावत छ । बाल क्लबबाट बाल विवाह रोक्न सकिने छलफलमा बताइएको थियो । बाल विवाहबाट पनि हिंसा हुन्छ । जसमा ९०% हिंसा हरु महिला माथि हुने गर्दछन भने १०% जति हिंसा पुरुष माथि हुनसक्ने बताइएको छ । महिलाहरु तथा बालबालिकाहरु माथि ७ प्रकारका हिंसाहरु हुने गर्छन ।
१) मानसिक हिंसा-साइबर अपराध, गाली गर्नु, डर देखाउनु, झुटो आरोप, बेइजत गर्ने, भेदभाव गर्नु आदि । २) सारिरिक हिंसा-सारिरीक रुपमा दिइने हिंसा हरु । ३) यौनजन्य हिंसा- बलत्कार, यौन जन्य दुरब्यबाहार, हाडनाता करणी, बैबाहिक बलत्कार, मानब बेचबिखन आदि । ४) सामाजिक हिंसा- बाल विवाह, बहुबिबाह, दाइजो प्रथा आदि । ५) आर्थिक हिंसा- पैतृक सम्पति, स्रोत साधनहरु मा पहुच को कमी, जागिर खान नदिने आदि । ६) कुप्रथा तथा परंपरागत हिंसा -बोक्सिको आरोप, देउगि झुमा चढाउने, छाउपडी, जातिय भेदभाव आदि । ७) घरेलु हिंसा- सासु बुहारी, पति पत्नी बिच हुने हिंसा । यस्ता हिंसा हरु हाम्रो समाजमा छन यिनिहरुको न्युनिकरणको लागी हामिहरु बिभिन्न किसिमका सरकारी गैरसरकारि संस्थाहरु बाट लागी परेका छौ ।
यिनिहरूको निर्मुल गर्न प्रहरी प्रशासन, बिद्यालय, आमासमुह, स्वयं सेविका, क्लबहरू आदि को सहयोग पनि अति आवश्यक रहेको कुरा छलफल भएको थियो । हिंसाका घटनाहरू घटिसके पछि संरक्षणको लागी पनि संस्थाहरु छन । सकभर यस्ता घटनाहरुको रोकथाम गर्नु पर्छ । हामिहरुको समाजमा भएका पृतिसतात्मक सोच तथा व्यवस्थाको अन्त्य गरिनु पर्छ । मानसिक हिंसाले ब्यक्तिहरु मानसिक रोगी भइ आत्महत्या समेत गर्ने गर्दछ ।
महिला तथा बालबालिका बिरुद्ध हुने हिंसा बिरुद्ध जनचेतना जगाउने कार्यहरु गर्नु आवस्यक छ । गोदावरी नगरपालिका भित्र १४ वटा संस्थाहरुले यस क्षेत्रमा काम गर्नु खुशीको कुरा हो भनि छलफल भएको थियो । सारिरीक हिंसाले ब्यक्तिहरु लाई अपाङ्ग बनाएर कतिको त ज्यान नै जोखिममा रहने बताइएको थियो ।